जनताको कठघरामा सर्वोच्च अदालत

209

हुकुमबहादुर सिंह
नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनाको घोषणा त गरियो तर सामन्तवादका अवशेषहरू जताततै भूत बनेर जनतामाथि शासन गर्ने सपना देखिरहेका छन् । नेपालका राजनीतिक दलहरूमा अनेकौं छोटे राजाहरू जन्मेका छन् । नेपालको प्रशासनयन्त्रमा नोकरशाहीतन्त्रले बलियो गरी जरा गाडेको छ । राज्यसत्ताका प्रमुख अंगहरू—सरकार, सेना र अदालतआदिमा सामन्तवाद यति नराम्ररी जरा गाडेको छ, त्यसलाई उखेलेर जरैदेखि नफालेसम्म देश र जनताको सही मानेमा मुक्ति असम्भव देखिएको छ । पछिल्लो अवस्थामा नेपालको सर्वोच्च अदालतले आफूलाई सामन्तवादी चारकिल्लाभित्र नै स्थापित गरिरहन खोजेका अनेको उदाहरणहरू छन् र डा. केसीप्रति उसले देखाएको व्यवहारले नेपालको पञ्चायती व्यवस्थामा प्रहरी र न्यायालयले गर्ने व्यवहारलाई उजागर गर्ने काम गरेको छ । डा. केसीलाई अदालतको अवहेलनाको मुद्दामा प्रहरीलाई रातको समयमा स्वयम् प्रधानन्यायाधीशले फोन गरेर गिरफ्तार गर्ने आदेश दिइएको छ । जब कि प्रहरी प्रशासन गृहमन्त्रीको निर्देशनमा चल्नुपर्ने थियो, तर वर्तमान प्रधानमन्त्री शेरबहादुरले यसबारे आफ्नो अनभिज्ञता भनिसकेका छन् । यसरी प्रधानन्यायाधीशले अब न्यायालयमात्रै नभै गृह मन्त्रालय पनि चलाएका छन् ।

 
डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै यही सोमबारदेखि १४औं चरणको अनशन सुरु गरेका छन् । उनको आरोप छ— ‘प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसमेत मेडिकल माफियाहरूको प्रभावमा परेका छन् र विगतमा खारेज गरिएका डाक्टरहरूलाई पुन:बहालीको आदेश दिएका छन् ।’ प्रहरीले पक्राउ गर्दा डा. केसीले भनेका निम्न शब्दहरूले र उनले पराजुलीमाथि लगाएका गम्भीर आरोपहरूले के निर्देश दिन्छ भने गोपालप्रसाद पराजुलीले नैतिकताको आधारमा पदबाट तुरुन्त राजीनामा दिनु जरुरी छ । उनले भनेका छन्, ‘म प्रधानन्यायाधीश जो न्यायको बलात्कार गरिरहेको छ, त्यसको विरुद्ध लडेको हुा । उसको आदेश चैं पालना गर्दिना तर देशको नियम कानुन र तपाईंको कदर गरेर म जाादै छु ।’ यो भन्दा अगाडि पत्रकार सम्मेलन नै गरेर उनले भनेका थिए, ‘पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायालाई विक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् ।’

 
यसैबीच, डा. केसीलाई अविलम्ब रिहाई गर्न माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी) निकट देजमोले एक विज्ञप्ति जारी गर्दै भनेको छ— देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले डा. गोविन्द के.सी.को गिरफ्तारीको विरोध गर्दै उनको अविलम्ब रिहाईको लागि सरकारसाग जोडदार माग गरेको छ । मोर्चाका अध्यक्ष सी.पी. गजुरेलको हस्ताक्षरमा जारी व्यक्तव्यमा डा. के.सी.को गिरफ्तारीले राज्यको निरंकुशता र संविधानको गैरजनतान्त्रिक चरित्रलाई संकेत गरेको जनाइएको छ । मोर्चाले डा.के.सी.को गिरफ्तारीबाट उत्पन्न हुने सबैखालको परिस्थितिको जिम्मा पनि सरकारले नै लिनुपर्ने बताइएको छ । त्यसै गरी विभिन्न राजनीतिक दलहरू तथा व्यक्तिहरूले डा. केसीको समर्थनमा सडकमै आएर उनको गिरफ्तारीका विरुद्ध आवाज उठाएका छन् । साथै उनको रिहाइ सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् । बयानका क्रममा उनले पराजुलीमाथि दुइटा नागरिकता राखेको, उमेर सच्चाएर जागिर खाएको, पदीय मर्यादा नाघेको, भ्रष्ट छवि भएकोलगायतका अनगिन्ती आरोपका विरुद्ध उनीमाथि महाअभियोग किन नलगाउनेसम्मका प्रश्नहरू उठाएका छन् । यसरी सर्वोच्च अदालत अब नराम्रो गरी जनताको कठघरामा खडा हुादै छ ।
[email protected]                                                         (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here