डा. केसीको माग र लुकेको स्वार्थ

328

           राज्यलक्ष्मी शाक्य
अहिले नेपालमा एउटै विषयले माहोल तातिएको छ । त्यो हो, डा. गोविन्द केसी र उनका माग । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई भ्रष्टको संज्ञा दिादै अनशन सुरु गरेका डा. केसीलाई अनशनस्थलबाटै पक्राउ गरी अदालतमा हाजिर गराइएको छ । उनलाई अदालतको मानहानि गरिएको मुद्दामा पक्राउ गरिएको हो । यो विषयका कारण अहिले मुलुक नै दुई पक्षमा बााडिएको छ भने डा. केसीको पक्षमा विभिन्न व्यक्ति तथा पार्टीले प्रदर्शनी गरेका छन् । त्यसकारण पनि यो विषयमा पंक्तिकारलाई पनि केही लेख्न मन लाग्यो ।
डा. केसीले लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रको विकृति विसंगतिविरुद्ध बोल्दै आएका छन् । उनले त्यसका लागि पटकपटक अनशन पनि बस्दै आएका छन् । यसरी अनशन बस्ने क्रममा पछिल्ला अनशनमा भने उनले अन्य क्षेत्रका व्यक्तिहरुका राजीनामा लगायतका विषय जोड्दै आएका छन् । त्यही क्रममा उनले प्रधानन्यायाधीश पराजुलीलाई पनि भ्रष्टको संज्ञा दिादै उनको राजीनामा मागेका छन् । उनले पछिल्लो समय पराजुलीको इजलाशमा भएका फैसलाहरुप्रति आपत्ति व्यक्त गरेका छन् ।
डा. केसीले यस विषयमा आवाज उठाउने बित्तिकै धेरै व्यक्तिले उनको साथ दिएका छन् । यसको अर्थ प्रधानन्यायाधीशको गतिविधिप्रति धेरै व्यक्ति असन्तुष्ट रहेका थिए । उनीहरुको उपयुक्त मौकाको पर्खाइमा थिए, अझ भनौं आफ्नो आवाज मुखरित गरिदिने र नेतृत्व लिने व्यक्तिको पर्खाइमा थिए । त्यसकारण पनि उनीहरुले डा. केसीको मागलाई समर्थन गर्दै सडकमा निस्किए । यही विषयलाई अर्को अर्थमा पनि हेर्न सकिन्छ । डा. केसी पछिल्लो समयका चर्चित व्यक्ति हुन् । उनको सादगी र सत्यको पक्षधरताका कारण पनि उनी जनप्रिय छन् । त्यसकारण उनले उठाएका माग सत्य नै भएको ठान्दै धेरैले उनलाई सहयोग गर्दै आएका छन् । यसमा केही यस्ता व्यक्तिहरु पनि सामेल भएका छन्, जसले डा. केसीको यही सादगीको फाइदा उठाउन सक्छन् अथवा लाभ लिइरहेका छन् । यसमा राजनीतिक फाइदा हुन सक्छ, व्यापारिक र अन्य फाइदा पनि हुन सक्छ । अन्नपूर्ण टीभीको एउटा कार्यक्रममा डा. केसीको बारेमा बोल्दा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भनेका थिए, ‘डा. गोविन्द केसी सत्यका पक्षधर, सादगी व्यक्तित्व हुन्, उनको चरित्र र उनले उठाएका मागमा शंका गर्नुपर्ने कुनै आधार छैनन् ।’ तर, प्रश्नकर्ताले डा. केसीको केही समूहले फाइदा लिादै आएका छन् भन्ने आरोप छ नि भन्दा उनले यस विषयतर्फ नलागौं भनेका छन् । यसले पनि के पुष्टि गर्छ भने के डा. केसीको लोकप्रियता, सत्यनिष्ठालाई प्रयोग गर्ने काममा कोही उद्दत त छैनन् । त्यस्तो हुनु डा. केसीको गल्ती होइन । तर, त्यस्तो नहोस् भन्नेमा सबै सचेत चाहिा बन्नैपर्छ ।
न्यायालयकै पक्षमा कुरा गर्दा पंक्तिकारको पनि अदालतप्रति पूर्ण सम्मान छ । हामी विधिको शासन मान्ने भएकाले न्यायालयबाट आएको आदेशको पालना गर्दैनौं, मान्दैनौं भन्ने मिल्दैन । आदेशप्रति असन्तुष्टी हुन सक्छ, आफ्नो चित्त दुखेको हुन सक्छ । तर, त्यसलाई पुनरावेदन गर्ने अधिकार पनि रहेको छ नै । एउटा फैसला भएको मुद्दामा पुनरावेदनपश्चात् अर्कै फैसला आएको उदाहरण पनि प्रशस्त छ । तर, अदालतका न्यायाधीशहरु पनि आफ्नो न्याय प्रदान कार्यमा पनि सचेत बन्ने हो कि भन्ने पनि पंक्तिकारको भनाइ छ । कोही कसैले शक्तिको आडमा गैरकानूनी काम गर्नु हुादैन । त्यो सामान्य नागरिक होस् वा राष्ट्रपति पदमा आसीन व्यक्ति । यदि शक्तिको आडमा जस्तोसुकै निर्णय हुन थाल्यो भने जनताले नै त्यसको अस्वीकार गरिदिन्छन् । त्यतिमात्रै होइन, त्यस्ता गलत काम गर्नेलाई कार्यकारी शक्तिबाट नै च्यूत गरिदिन्छन् । त्यस्ता उदाहरण पनि हामीसामु रहेको नै छ ।
हाल डा. केसी प्रधानन्यायाधीश पराजुलीका कर्तुतहरुको भण्डाफोरमा लागेका छन् । पराजुलीले न्यायसम्पादनका क्रममा गरेका केही आदेश तथा फैसला विवादास्पद बन्दा उनका बारेमा नेपाली समाज नै विपक्षी बनेको अवस्था छ । एनसेल प्रकरण होस् वा नेपाल आयल निगमका प्रमुखलाई पुनर्बहालीको आदेश, यी आदेश तथा फैसलामा पराजुलीको दुर्नियत देखिन्छ । त्यस्तै, स्वास्थ्यक्षेत्रमा गरिएका हरेक फैसलामा पनि मेडिकल माफियालाई फाइदा पुग्ने अवस्था र त्यसमा पनि पराजुलीकै संलग्नता अर्को आशंका विषय बनेको छ । यस्तो अवस्थामा डा. केसीले उठाएका मागले उनको यथार्थ सबै सामु ल्याइदिएको छ । तर, पराजुलीको झैं डा. केसीलाई पनि यदि कसैले प्रयोग गरेको त छैन ? उनी प्रयोगको भएको यथार्थ बाहिर आए त्यो पनि उनका लागि स्वस्थकर हुनेछैन । त्यसतर्फ पनि उनको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here