नेपाली राष्ट्रवादको संकुचित परिभाषा !

298

चन्द्रप्रकाश बानियाँ
हाम्रो समाजमा ‘राष्ट्रियता’ र ‘राष्ट्रवाद’ सबै मनोकामना पूरा गरिदिने कल्पवृक्ष बनेका छन् । तिनको भजनले मान सम्मान दिने सामथ्र्य राख्छ । धनऐश्वर्य प्राप्तिमा सहायक बन्न सक्छ । यसको सदुपयोग वा दुरूपयोग यसरी विस्तारित भएको छ कि जसले जस्तो परिभाषा गरे पनि हुने भएको छ । जसले जहाा जुन सन्दर्भमा प्रयोग गरे पनि हुने भएको छ । मन परेको विषय राष्ट्रवादभित्र पर्छ र अरुचिको कुरालाई अराष्ट्रिय भन्न मिल्ने भएको छ । राष्ट्रवादको न्यारेटिभ यति प्रभावशाली बनेको छ कि एकथरीलाई गााजाको नसालेझैं लठ्याएको छ भने अर्कोथरीलाई हीनताबोध गर्नुपर्ने स्थितिमा पुर्‍याएको छ । राष्ट्रवाद भनेको राष्ट्रिय एकताको कारक हुनुपर्ने हो । त्यसको विपरीत यसले नेपाली समाजलाई स्पष्ट दुई कित्तामा विभक्त गरिदिएको छ । विभाजनको रेखा झन्भन्दा झन् यति गहिरो र फराकिलो बन्दै गएको छ कि दुष्परिणामी सावित हुने हो कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्रवाद नामको गायत्रीजापले नेपालीहरूलाई दुई कित्तामा उभ्याएको मात्र होइन, नेपाली मनहरू फेरि कहिल्यै नजोडिने गरी फटालिदिने हो कि भन्ने भय उत्पन्न हुन थालेको छ । राष्ट्रवादको राग यति प्रभावशाली देखिएको छ कि यसको धुनबाट मन्त्रमुग्ध भएका रामवरण यादवहरू, सुवास नेवाङहरू, पृथ्वी सुब्बाहरू, धनराज गुरुङहरूजस्ता समाजमा स्थापित व्यक्ति व्यक्तित्वहरूलाई राष्ट्रवादको कित्तामा सामेल हुने लालसामा आफ्नोपनको प्राकृतिक गाउन मिल्काएर निर्वस्त्र बन्न अभिशप्त बनाएको छ । महेन्द्रकालीन राष्ट्रवाद अर्थात् ‘टोपीराष्ट्रवाद’ को भूत फेरि अर्को एकपटक ब्युातिएको छ । राष्ट्रवाद त भूमि, जनता र भाषा संस्कृतिसाग जोडिएको हुन्छ । यो न भूमिसाग जोडिएको छ न जनतासाग ! यसको उत्पत्ति नितान्त जातीय अहङ्कारबाट भएको होइन भन्न मिल्ने देखिादैन । भूमि र जनतासाग नाता नगाासिएको राष्ट्रवाद वास्तवमा राष्ट्रवादको नाममा ‘विभाजनवाद’ मात्र हो ।

 

विषयको अधपतन कसरी हुादै गएको छ भने अमुक नेताविशेषको नौटङ्कीको समर्थनमा ताली बजाइएन भने लम्परसारवादी र भारतीय दलाल मात्रै होइन, देशद्रोहीको बिल्लासमेत भिर्न तयार हुनुपर्छ । त्यसैले बिचरा रामवरणहरू, सुवासहरू र धनराजहरू निर्वस्त्र भएरै पनि राष्ट्रवादको लाममा उभिन अभिशप्त बन्छन् ।
मेरा बूढाबाजेहरू विशाल खस साम्राज्यका अभियन्ता थिए । मेरा हजुरबाजेहरू चौबीसी राज्य पर्वतका प्रजा थिए । मेरा हजुरबाको पुस्ता गोर्खाका रैतान बने । त्यो रूपान्तरण मेरा पुर्वजहरूको राजीखुसीमा भएको थिएन । उनीहरू आफूले कज्याई खाएको जमिनसागै परिवर्तित राज्यसत्ताका रैती बनेको हुन् । जबर्जस्ती बनाइएका हुन् । खसराज्यको विघटन ननिम्तिएका भए आजसम्म मेरो पुस्ता खस साम्राज्यकै नागरिक हुादो हो । मेरो राष्ट्रियताको भावना खसराज्यको सीमाभित्रैको परिवेशबाट निर्मित हुादो हो । वरपरका सानाठूला राज्यरजौटाहरू गोलबन्द गर्ने सामथ्र्य भैदिएका भए आजसम्म पनि पर्वतराज्यको नागरिकको गौरव गरिादो हो । सौभाग्य दुर्भाग्य जे भए पनि मेरो जन्मभूमि पर्वतलाई गोरखा राज्यविस्ताररुपि अजिङ्गरले निलिदियो । म गोर्खाली शाहराजवंशको प्रजाको रूपमा धर्ती अवतरण गर्न अभिशप्त बन्नुको एकमात्र कारण त्यही थियो । राज्य परिवर्तन भए पनि भूमि उही थियो । त्यसैले गोर्खाराज्यले ओगटेको सीमा मेरो देशको सिमाना बन्यो । कुनै जमानामा खसराज्यले चर्चेको वा पर्वतराज्यद्वारा शासित भूमिमै जन्मे हुर्केको भए पनि मेरो परिचय मेरा बाजे बराजुको भन्दा भिन्न भयो । म कहिले गोर्खाली बनो, कहिले नेपाली बनो । नेपाल मेरो भयो । नेपाली भएको गौरव गरिटोपल्ने मानसिकताको विकास भयो । यद्यपि त्यो भावनात्मक ब्ल्याकमेलिङ नै थियो र पनि अस्वाभाविक थिएन । मेरो राष्ट्रभक्ति, राष्ट्रप्रेम र राष्ट्रियता मूलत: भूमिसाग जोडिएर बनेको हो । थर, गोत्र, जाति वा भाषासंस्कृति होइन मेरो राष्ट्रियताको निर्माता मेरा माटो हो, मेरो जन्मभूमि हो । मानौं कि त्यतिखेर गोर्खाको सट्टा चीन वा भारत कतै मेरो माटो गाभिएका भए स्वभावत: मेरो माटोप्रेम, राष्ट्रभक्ति र राष्ट्रियता त्यही मुलुकप्रति समर्पित हुन्थ्यो । त्यसैले यो वा त्यो मुलुकको नागरिक हुनुमा गौरव गर्ने र कसैले हिजो यो कित्ता अलग्याएर राख्न नसकेका भए राज्यविहीन, गौरवविहीन भइन्थ्यो कि भन्ने सोचाइ गलत हो । नाम जेसुकै होस्, कज्याइखानका लागि भूमि हुन्थ्यो, गौरव गर्नका लागि एउटा देश पनि हुनेनैथ्यो ।

 
नयाा संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचन सम्पन्न भैसकेको छ र विजयी पक्ष नयाा सरकार गठनका लागि तयार भएर बसेको छ । भान्सा पस्न तयार भएको विजयीपक्षलाई सदाकाल रोक्नसक्ने सामथ्र्य कसैसाग छैन । जनमतबाट पराजित पक्षले जति नै आलटाल गरे पनि सत्ता हस्तान्तरण नगरी धरै छैन । ढिलो चााडो नयाा सरकार बन्नैपर्छ । बन्ने नै छ । यहीनेर बिर्सन नमिल्ने कुरा के रहेको छ भने अब बन्ने नयाा सरकारको आधारभूमि एकलकााटे राष्ट्रवाद हो । जनताको मन कुड्याउने विभाजनकारी राष्ट्रवाद हो । त्यसबाट यताउता चल्मलाउने हो भने नयाा सरकारको साख धराशायी हुने मात्रै होइन, धुलिसात् नै बन्ने छ । होइन, त्यसलाई अन्नदाता प्रभू मानेर दरोसाग समात्ने हो भने देशको हित हुनेछैन । देशको विविधतालाई सम्बोधन गर्नसक्ने छैन । त्यसअर्थमा आगामी वर्षहरू नेपाल र नेपालीका लागि सुखकारक हुनेछैनन् । राजनीतिक संक्रमणको अन्त भए पनि सांस्कृतिक संक्रमण यथावत् रहनेछ । किनकि नयाा सत्ताले फेरि एकपटक पञ्चायतले आविष्कार गरेको एकलजातीय राष्ट्रवादको क्रूरतम डोजर निर्ममतापूर्वक जोत्ने कोशिस गर्ने नै छ । हो, केही थान सुवासहरू निर्वस्त्र बन्लान्, केही रामवरणहरूले टोपीको जय गाउलान्, मुठ्ठीभर पृथ्वीसुब्बाहरू भजनमण्डलीमा थपिएलान् तर थोरै मान्छेहरू यताउता हुादैमा अथवा सत्ताको समर्थनमा लामवद्ध हुादैमा समाजमा विचारको खडेरी परिहाल्दो रहेनछ भन्ने कुरा पञ्चायतको अवसान हुादा नहुादै पुनर्जीवित भएको पहिचानको जीजिविषाले प्रमाणित गरेर देखाइसकेको छ ।

 
भूगोलविनाको देश हुादैन, जनताविनाको देश पनि बन्दैन । त्यसर्थमा देश भनेको जनता पनि हो । राष्ट्र भनेको त्यो भन्दा फरक कुरा हो । भूगोलविना देश बन्दैन तर राष्ट्रियता भूगोलविना पनि जीवित रहन्छ । उदाहरण खोज्न टाढा भौतारिनु पर्दैन । तिब्बतीहरू निर्वासित भएको आधा शताब्दी बितिसक्यो तर विश्वरभर छरिएरै भए पनि ‘तिब्बती राष्ट्रवाद’ आजपर्यन्त जीवित छ । जीवनका लागि संघर्षरत छ । विश्वभर छरिएका तिब्बतीहरू तत्तत् देशको नागरिक बनिसके पनि ‘राष्ट्रवाद’को भावनाले सबैलाई भावनात्मक रूपमा एकीकृत गरिरहेको छ । हो, यही वास्तविकता नबुझ्ने घामट नेतृत्वले नेपालमा अर्को एकपटक एकल जातीय राष्ट्रवादको लिड्को लगाउने मूर्खता गर्ने निश्चित देखिएको छ । राज्यको अभिभारा देशको सीमारक्षा हो तर त्यतिमात्रै उसको सम्पूर्ण दायित्व होइन । आधुनिक राज्यको मान्यतामा नागरिकहरूको हितसंरक्षणको गुरुत्तर दायित्व पनि पर्दछ । अर्थात् देशको सीमाभित्र बसोबास गर्ने सबै जाति, संस्कृतिहरूको संरक्षण मात्रै होइन, सम्मान पनि गर्न जान्नुपर्छ ।
सीमाबाहिरतिर औलो तेर्साएर आफ्नै नागरिकहरूको अपमान गर्ने, जाति र संस्कृतिको मानमर्दन गर्ने अथवा अल्पसंख्यक समुदायहरू सदाकाल राज्यको दास बनेर रहनुपर्ने मान्यता राख्ने चिन्तन न राष्ट्रवादी हो न व्यवहारवादी । त्यो राष्ट्रभक्ति पनि होइन । छालाको रङ्गको आधारमा, भाषा संस्कृतिको आधारमा, बसोबासको आधारमा गरिने विभेदपूर्ण व्यवहारले राष्ट्रियताको प्रवर्धन गर्दैन । राष्ट्रिय एकताको सम्वद्र्धन पनि गर्दैन । सबभन्दा विझ्ने वास्तविकता त के पनि रहेको छ भने यतिखेर राष्ट्रवादको झण्डा उठाउनेहरूको राष्ट्रभक्तिमा निशंक रहने ठाउा छ भन्न मिल्दैन । राष्ट्रभक्तिको भावना हिउादमा हुर्केको खेती बर्खाको भेलले बगाएजस्तो होइन । अर्थात् बसन्तमा फूल्ने र शिशिरमा ओइलाउने फूलजस्तो राष्ट्रभक्तिको भावना मौसमी हुदैन । सीमा अतिक्रमणको समर्थनमा ताली पिट्ने र नदीनाला लगायत प्राकृति साधनस्रोत कौडीको मूल्यमा विक्रीवितरणमा लिप्त रहनेहरूमा सत्तामा पुग्नासाथ रातारात राष्ट्रभक्तिको भावना जागृत भयो होला भनेर विश्वास गर्ने आधार भेटिादैन । एकपटक चोरको वात लागेको मान्छे जीन्दगीभर चोर नै मानिन्छ, भनिन्छ । चारीत्रिक पतन भएकाहरू पुन समाजको विश्वासपात्र बन्न सक्तैनन् । नेपाल मात्र त्यस्तो उउटा मुलुक होला जहाा नैतिक पतन भैसकेको मानिस पनि बारम्बार पूजिदै रहन्छ । नेपाली मानसिकता सामन्ती संस्कारबाट मुक्त भैसकेको छैन अथवा नेपालीहरूको स्मरणशक्ति असाध्य कमजोर छ । त्यसैले त जति नै ठूलो राष्ट्रघात गरे पनि हिजोको आजै बिर्सेर रकमी जालसााजहरूको जयजयकारमा लामबद्ध भैदिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here