लेनिनको दृष्टिमा संसद र संसदीय व्यवस्था

180

हुकुमबहादुर सिंह
कार्लमाक्र्स र त्यसपछि लेनिनले सबैभन्दा बढि संसद र संसदीयव्यवस्थाको प्रतिक्रियावादी र जनविरोधी स्वरूपबारे व्याख्या र विश्लेषण गर्नुभएको छ । साथै क्रान्तिकारी कम्युनिष्टले प्रतिनिधिमूलक अङ्गहरूमा किन भाग लिने भन्नेबारे पनि स्पष्ट पार्दै त्यसवारे लिने रणनीति के हो ? भन्नेवारे पनि निम्न विस्तृत व्याख्या गर्नु भएको छ :–
प्रथम : मजदुर बर्गसँग कम्युनिष्टहरूको सम्बन्ध बलियो गराउन; द्वितीय : राजनैतिक रूपले आमजनसमूहरूलाई संघर्ष र क्रान्तिका लागि प्रशिक्षित गराउन; र तृतीय : पुँजीपतिहरू(राष्ट्रिय)बाट समेत फरक बिचारको लागि सहमति ल्याउने तहमा सफलता प्राप्त गर्न । जसले गर्दा केही हदसम्म कामदार तथा ज्यामीहरूको जीबनस्तरमा सुधार ल्याउन सकियोस् । यसमा उहाँले जोड दिएको पक्ष के थियो भने कम्युनिष्टहरूका संसदवादी कार्यहरू भनेका सङ्घर्षका कानुनी रूपअन्तर्गत गरिने कार्यहरू हुन्, जुन यदि क्रान्तिकारीले राम्रोसँग उपयोग गर्ने कार्यकुशलता देखाएमा पूर्णरूपले संसदीय कार्यहरू भन्दा बाहिर गरिने क्रान्तिकारी आन्दोलनको आवस्यकता र खाँचोलाई पुरागर्न सहायक सिद्ध हुन्छन् ।
संसदमा गएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले प्रतिक्रियावादी शक्तिहरूको प्रतिनिधिमूलक अंगहरूको अधिकारलाई सीमित गर्ने वा तिनीहरूलाई बन्द गर्ने कुनै पनि कामको बिरोध गर्छन् र ती संघसंस्थाहरूको माध्यमद्वारा सरकारी नीतिनिर्माणमा प्रभाव पारी आमजनता खासगरी गरिब किसान तथा मजदुरहरूका लागि प्राप्त हुने अबसरहरूको बिस्तारको लागि मद्दत पुर्‍याउने काम गर्दछन् ।
यी उल्लेखित कामहरू गर्ने कार्यपद्धतिबारे लेनिनले स्पष्ट पार्दै भन्नुभएको छ :–
क्रान्तिकारी कम्युनिष्टहरूले संसदभित्रका ती सदस्यहरूलाई साथमा लिएर त्यस्ता संसदीय कार्यहरू गर्दछन् जसलाई सबै कामदार जनता र सर्बहाराबर्गहरूको आमजनसमूहद्वारा सहयोग र समर्थन गरिएका हुन्छन् । यसको मतलब हो, तिनीहरूले पुँजीवादी राज्यका तथाकथित निर्वाचित संस्थाहरूले प्रजातन्त्रको नाममा कामदार जनता र सर्वहारावर्गहरूको अहित हुने निर्णय वा काम गर्छन् । क्रान्तिकारी कम्युनिष्टहरूले तिनीहरूले गरेका त्यस्ता काम वा निर्णयलाई ठाडै इन्कार गर्ने र यस्ता कार्यहरूलाई सुधारवादी कार्यमा मात्र सीमित राख्न खोज्ने उनीहरूको अवसरवादी इच्छा दुबैको बिरुद्ध निर्मम र सम्भmौताहीन सङ्घर्ष चलाउादछन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले धेरै पुँजीवादी देशहरूमा चुनाबमा अतिउत्साहपूर्ण सहयोग र समर्थन पाएका छन् र पाउन सक्ने सम्भावना रहन्छ । कम्युनिष्ट समर्थक अनगिन्ती उम्मेदवारहरूले चुनावमा जनताको मत जितेका पनि छन् । कम्युनिष्टहरूको पुँजीवादी देशका प्रतिनिधिमूलक संस्थाहरूले गर्ने कार्यहरू पार्टीको कामको एउटा रूप हो । कम्युनिष्ट पार्टीहरू यस्ता पदहरूको लागि मानिस छान्ने कार्यमा एकदमै होशियार हुन्छन् र यो निश्चित गर्न खोज्छन कि :–
(क) राजनैतिक रूपले परिपक्व– आमजनताका बीचमा कामको अनुभव प्राप्त र स्वस्फूर्त रूपले काम गर्ने पूर्ण क्षमता भएका पार्टी सदस्यहरू, जो आफ्नो ब्यक्तिगत पद र फाइदा आदिबाट बिमुख भएका र सुबिधाभोगी काम मात्र गर्न नखोज्ने पार्टी सदस्यहरूद्वारा पार्टीलाइनलाई निर्वाचित अंगहरूमा सुरक्षित गरिनेछ ।
(ख) एउटा कम्युनिष्टको मान्यता पार्टीको अधिनमा हुन्छ । जसको लागि उसले काम गर्छ । उनीहरूलाई ठीक र उचित खालका निर्णयहरू गर्न मद्दत पुराउादछ । अनगिन्ती कार्यहरू, जो संसद बाहिर पनि गरिने हुन्छन्, त्यस्ता कार्यहरूद्वारा प्रगतिशील कानुनहरू पास गर्न सहयोग र समर्थन जुटाउादछ र त्यस्ता प्रगतिशील विधेयकहरू र कानुनहरू कार्यान्वयन गर्न मद्दत पुराउादछ ।
क्रान्तिकारी कम्युनिष्टहरूको संसदीय कार्यहरूको सम्बन्धमा उठेका सवालहरू पार्टीका राष्ट्रिय महाधिबेशन र सम्मेलनहरूद्वारा छलफल गरिन्छन् । पार्टीको केन्द्रीय समितिले संसदीय दलको अध्यक्षबाट नियमित प्रतिबेदन सुन्ने गर्छ र ब्यक्तिगत रूपमा अन्य भएका प्रतिनिधिहरूद्वारा पनि सुन्ने गर्छ । एउटा कम्युनिष्ट प्रतिनिधि पार्टी र निर्बाचनक्षेत्र दुबैप्रति जिम्मेबार हुन्छ । पार्टीद्धारा उपलब्ध गराइने एउटा महत्वपूर्ण पक्ष भनेको यसका प्रतिनिधिहरू र निर्बाचन क्षेत्रका जनतासँग गरिने नियमित सम्पर्क हो । निर्बाचन क्षेत्रका मतदाताहरूको दैनिक आवश्यकताबारे जानकारी र त्यसको संरक्षण गर्नु उनीहरूसँग नियमित भेटघाट र बैठकहरू गर्नु र उनीहरूले गरेका कामहरूको प्रयासहरूलाई अगाडि बढाउन सहयोग र समर्थन जुटाउनु ।
समग्रमा कम्युनिष्टहरूको संसदीय कार्य भनेको जनसमुदायमा काम गर्नु नै हो । निर्बाचन अभियानको दौरानमा सबभन्दा फरक तर असल तरिकाहरू र आमजनतासागको कामका प्रकारहरू, आमजनतासागका सम्बन्धका लागि उपलब्ध सबै माध्यमहरूको प्रयोग गरिन्छन् । कम्युनिष्ट उम्मेदवारहरूले ठूलठूला जुलुसहरू र आमसभाहरूलाई सम्बोधन गर्ने, चिठीपत्रहरू लेख्ने, ब्यक्तिगत रूपमा पनि मतदाताहरूलाई भेट्ने, पत्रपत्रिकाहरूमा लेखहरू लेख्ने, रेडियो टिभी आदिमा बोल्ने इत्यादि । कम्युनिष्टहरूले पार्टीको राजनीतिक लाइन, जसले जनसंख्याको अनगिन्ती क्षेत्रहरूको चाहना र इच्छाहरूलाई समेटेर देशको जल्दाबल्दा समस्याहरूको समाधानका अनेक विकल्पहरूको खाका इंगित गर्छ । त्यसमा आधारित भएर कार्यक्रमहरू दिन्छन् ।

 
सबै जनतन्त्र तथा जनवादी शक्तिहरूको एकताको लागि काम गर्न कम्युनिष्टहरूले निर्बाचनमा उनीहरूको एकतालाई प्रोत्साहन प्रदान गर्छन् र निर्बाचित अंगहरूमा भएका वामपन्थी दलहरूको संयोजन गर्ने काम गर्छन् ।
संसद्मा कम्युनिष्टहरूले एकाधिकार पुँजीको प्रतिक्रयावादीवर्गहरूका घेराबन्दीहरूद्वारा जारी गरीएका नीतिहरूको जनताबिरोधी प्रवृत्तिको भण्डाफोर र खुलासा गर्छन् र एउटा सकारात्मक र रचनात्मक जनतान्त्रिक कार्यक्रमहरू दिएर त्यसको बिरोध गर्दछन् ।

 
कम्युनिष्ट प्रतिनिधिहरूले कामदार जनतालाई सम्बोधन गर्छन् र एकाधिकारवादीहरूका नीतिहरूको वास्तविक लक्ष्य र उद्देश्यहरूबारे वर्णन गर्छन् र सर्बहाराबर्ग तथा मजदुरबर्गहरूलाई असर पारिरहेका वा पार्ने समस्याहरू केलाइ एउटा प्रजातान्त्रिक समाधानको लागि बिशाल जनसंघर्षमा जोड दिन्छन् ।

 
कम्युनिष्ट प्रतिनिधिहरूद्वारा संसदमा अगाडि ल्याइएका मौखिक तथा लिखित सोधखोजहरू र बिधयकहरूलाई आमजनताका संगठनहरूभित्र, कारखानाहरूमा र छरछिमेकहरूसाग छलफल र अन्तरक्रिया गरिन्छन् । कम्युनिष्ट प्रतिनिधिहरूद्वारा ल्याइएका नयाा–नयाा प्रस्ताबहरू र पेश गरिएका बिरोधपत्रहरूको समर्थन र सहयोगका लागि हड्तालहरू, जनप्रदर्शनहरू र जुलुसहरू गरिन्छन् ।
कम्युनिष्टहरूको संसदमा गरिने कार्य भनेको आम जनसंघर्षको साथमा संसदीय र गैरसंसदीय क्षेत्र र फााटका कार्यहरू एकआपसमा हातेमालो गरेर लैजाने नै हो ।

 
कम्युनिष्टहरूले संसदलाई एउटा यस्तो संस्थाको रूपमा लिन्छन्, जसलाई देशभित्र प्रजातान्त्रिक सुधारहरूको लागि एउटा प्रभावशाली संघर्षको थलो र देश बाहिर शान्तिपूर्ण बिदेश नीतिमा प्रभावकारी रूपले प्रयोग गर्न सकिन्छ । मालेमावादको आलोकमा अव कसरी संसदवादको सामना गर्नेबारे पनि क्रान्तिकारीहरूको एकता अनिवार्य बन्न गएको छ ।
यसो भन्दाभन्दै क.लेनिनले संसदीय प्रकारका कार्यहरूमा सहभागि भइरहादा क्रान्तिकारी कम्युनिष्टहरूमा आउन सक्ने सुधारवादी तौरतरिकाको खतराका बिरुद्ध पनि सचेत गराउनु भएको छ । यदि क्रान्तिकारी कम्युनिष्टहरूमा त्यस्तो भड्काव आयो भने त्यसले समाजवादी क्रान्तिका लागि मजदुर र किसानहरूको तयारीको निम्ति आवश्यक पर्ने उनीहरूको प्रशिक्षणमा र उनीहरूको संगठन गर्ने काममा अबरोध ल्याउाछ र त्यसले उल्टो संसदीय व्यवस्थालाई नै बल पुर्‍याउाछ भनेर भन्नुभएको छ । आखिर क्रान्तिकारी कम्युनिष्टहरूले माक्र्सले भनझैं यस्तो संसदीय व्यवस्थाबाट छुटकारा पाउने बाटो कुन हो ? र कसरी संसद बेगर पनि काम चलाउन सकिन्छ ? यी प्रश्नहरूको दीर्घकालीन समाधानका लागि क्रान्तिकारीहरूले संसद् र संसदीय व्यवस्थालाई स्थायित्व दिने खालका कुनै पनि नियमकानुन र कार्यको विरोध गर्नै पर्दछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here