अस्पतालको ठगी धन्दामा सरकारी निकाय मौन

227

काठमाडौं/ मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा राज्यका निकाय मौन बसेपछि निजी अस्पतालले कतिसम्म ब्रम्हलुट गर्छन् भन्ने पुष्टि गरेको छ ललितपुरको अल्का अस्पतालले । गाडीको ग्यारेज बनाउने ठाउालाई भाडामा लिएर स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दा पनि राज्यका सरोकारवाला निकाय मौन बसेका छन् ।
सय बेडको अस्पताल भनी दर्ता गरेपनि जावालाखेल र एकान्तकुनामा ‘अल्का वान’ र ‘अल्का टु’ गरी दुईवटा अस्पताल सञ्चालन गर्दै आएका संचालक कुमार थापाले राज्यको नियम कानुनको धज्जी उडाउादै दैनिक लाखौ रूपैयाा अस्पतालबाट व्यापार गरिरहेका छन् । पैसाको बलमा निजी अस्पताल र पोलिक्लिनिकहरूको साझा संगठनको उपाध्यक्ष बन्न सफल थापाले स्वास्थ्य मन्त्रालयका एक दुई जना कर्मचारीलाई ठूलो कमिशन दिएर सय बेडको संचालन अनुमति पाएको अस्पताललाई १ सय ५० बेडमा सञ्चालन गरिरहेका छन् । एउटा अनुमतिले दुईवटा अस्पताल संचालन गर्न नपाउने नियमलाई उल्लंघन गर्दासमेत यसतर्फ जिल्ला जनस्वास्थ्य र स्वास्थ्य मन्त्रालय आर्थिक लोभमा कानमा तेल हालेर बसेका छन् ।
एउटा अस्पतालको नामबाट दुईवटा अस्पताल खोलेर करोडौ रूपैया करसमेत छल्दै आएका थापाको कमाउ धन्दाप्रति राजश्व कार्यालयसमेत मौन बसेको त्यहाा राजश्वमा कार्यरत एक कर्मचारीले जनाए । अल्का अस्पतालले कर तिर्न नसकेको भन्दै तत्कालीन कर फछ्र्याेट आयोगबाट कर मिनाहासमेत पाएको विवरण चर्चाको विषय बनेको छ । ‘हामीले राज्यको नीतिनियमअनुसार अनुगमन र नियमन गर्न खोजे पनि कहिले राजनीतिक दवाव र विभिन्न शक्ति केन्द्रको पावर लगाएर संचालक थापाले मनोमानी गरेका छन् ।’ आन्तरिक राजश्व कार्यालयका एक अधिकारीले जनधारणालाई भनेका छन् । पहिले पनि करौडौ कर छलेका थापाले शक्ति केन्द्रलाई मिलाएर उन्मुक्ति पाएको उनको भनाइ छ ।
गाडीको ग्यारेजजस्तो संरचनामा अस्पताल सञ्चालन गरेका कारण अल्का अस्पताललाई स्वास्थ्य मन्त्रालयले तीन वर्षदेखि नवीकरण गर्न नमानेपछि अहिले कामचलाउ सरकारको मौका छोपेर संचालक थापाले अस्पताल नवीकरण गर्न स्वास्थ्यमन्त्री दीपक बोहरालाई मोटो रकमको अफर गरेको मन्त्री निकट स्रोतले जनधारणालाई जानकारी गराएको छ । यस सम्बन्धमा अस्पताल सञ्चालक कुमार थापालाई बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

  (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here