जनयुद्ध, लोकतन्त्र र दुगड तथा चौधरीहरु

284

–निमकान्त पाण्डे
हिजोको एउटा साप्ताहिकमा नरेन्द्रजंग पिटरको एउटा लेख पढियो । पिटरले १० वर्षसम्म चलेको सशस्त्र युद्ध अर्थात् जनयुद्धको सिपाहीका रूपमा आफूलाई अनुभवी पात्र बनाएर युद्धले दिएको आशा, सपना र समर्पणभावबारे राम्रो व्याख्या गरेका छन् । युद्धले जगाएको आशा अझै नमरेको संकेत पनि गरेका छन् । यी सबै गर्दैगर्दा पिटरले बर्दिया जिल्लामा जनयुद्धकालमा प्रहरीको ‘किलो शेरा टू’ नामक अपरेशनका क्रममा मारिएका माओवादी योद्धा विष्णु पोखरेलको सम्झना गरेका छन् । निकै मार्मिक लाग्ने पिटरको लेख पढिसकेपछि यो पंक्तिकारलाई युद्धकालमा मारिएका होनहार योद्धाहरू कृष्ण सेन ‘इच्छुक’, यदु गौतम, लेखनाथ पोखरेललगायतका सबैको सम्झना आइरह्यो । मैले माथि उल्लेख गरेका नामहरू र विष्णु पोखरेललाई आतंककारी देख्ने सत्तापक्ष होस् अथवा यदु गौतमलाई जासुस देख्ने त्यो बेलाको माओवादी युद्धको अन्धा आाखा होस् सबैप्रति धिक्कार्न मन लाग्छ ।

 
आज जनयुद्ध प्रारम्भ भएको पनि २३ वर्ष प्रवेश गरिसकेको छ । १० वर्षसम्मको युद्ध र १३ वर्षको शान्तिप्रक्रिया आफैमा विरोधाभाषपूर्ण देखिन्छन् । १० वर्षसम्मको युद्धले १६ हजार नेपाली जनताको रगत बगाएको छ । त्यो रगतको मूल्य के हो ? त्यो रगतको मूल्य कहाा खोज्नुपर्ने हो ? त्यो रगतको मूल्य कसले तिर्ने हो ? यस्ता प्रश्नहरू म आफू युद्धको सिपाही नभए पनि मेरो मानसपटलमा आइरहन्छन् भने युद्धमा सहभागी भएका र जीवनमरणको दोसााधमा रहेर बन्दुकलाई सिरानी राखेर कमाण्डरको आदेश पालन गर्दै युद्धमोर्चामा खटिएकाहरूलाई आजको अवस्था कस्तो लाग्छ होला ? मलाई पश्चाताप लाग्छ ।

 
शान्तिप्रक्रियाका १३ वर्ष निकै विचित्र ढंगले बितिरहेका छन् । निरंकुश राजतन्त्रका विरुद्ध र दलविहीन पञ्चायती व्यवस्थाका विरुद्ध लडेका ती दिनहरू सम्झनामा आइरहन्छन् । २०४१ सालतिर हो क्यारे ! नेपालगञ्ज कारागारमा नरेन्द्रजंग पिटरसाग परिचय भएको थियो । मलाई तत्कालीन भेरी अञ्चलाधीश नवराज गुरुङले शान्तिसुरक्षाको पुर्जी थमाएर कारागारमा थुनेका थिए । राजाको सवारीको बेला थियो । सवारीमा मबाट कुनै विरोधजन्य कार्यक्रम हुन गइरहेको सूचना अञ्चलाधीशले पाएका रहेछन् । त्यही कारणले मलाई पुर्जी थमाएर थुनिएको रहेछ । म थुनामा रहेका बेला नरेन्द्रजंग पिटरले जेलमै आएर परिचय गरेका थिए । नेपालगञ्जमा औषधि पसलको व्यवसाय गरेर बसे पनि पिटरको सक्रियता राजनीतितर्फ छ भन्ने कुरा मलाई जानकारी थियो । फरक कित्ताको राजनीति भएकाले निकट हुन नपाए पनि कारागारबाट तीन महिनापछि मुक्त हुादाबित्तिकै पिटरसाग भेट गर्न उनकै औषधि पसलमा पुगेको थिएा । उनको राजनीतिक सक्रियता वास्तवमै कुनै उच्च तहको नेताको भन्दा कमजोर मलाई लागेको थिएन । पिटरले १० वर्षसम्म युद्धकालमा पनि पटक–पटक मसाग फोन सम्पर्क गरिरहन्थे । माओवादी युद्ध शान्तिप्रक्रियामा रूपान्तरित भएपछि पिटरको असन्तुष्टि उनका लेखहरूमार्फत निरन्तर सार्वजनिक भइरहेको पाइन्छ । असन्तुष्टिलाई पिटरले जसरी व्यक्त गरिरहेका छन् । त्यसबाट पार्टीका नेताहरूले समेत शिक्षा लिनुपर्छ जस्तो मलाई लाग्दछ ।

 
१० वर्षे जनयुद्ध २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको संगठित अभ्यासको परिणाम थियो भन्ने कुरा सबैलाई थाहा छ । २००६ सालदेखि २०५२ फागुन १ गतेसम्म कम्युनिष्ट आन्दोलनमा लागेका सबैको योगदानबाटै २०५२ फागुन १ गतेको विकास भएको हो भन्ने यथार्थलाई बिर्सन हुादैन । युद्धकालमा विष्णु पोखरेल मारिएपछि उनले दाङ, बर्दिया र नेपालगञ्जमा लगानी गरेको संगठन निर्माणको समयलाई मैले स्मरण गरेको थिएा । उनी मारिएको सुनेपछि उनको सम्झनामा मैले केही शब्द लेखेको थिएा । विष्णु पोखरेलजस्तो शान्त स्वभावको लोकप्रिय मानिस सत्तापक्षको सूचीमा आतंककारी बन्न पुग्नु व्यवस्थाको कमजोरी हो भनेर मैले लेखेको थिएा । कृष्ण सेनजस्ता शालीन व्यक्तिलाई समेत यातना दिंदादिंदै हिरासतभित्र मारिएको सन्दर्भ र यदु गौतमजस्ता सबैलाई हसाउने कला भएका राजनीतिक व्यक्तित्व चुनावी प्रचारमा हिाडेका बेला खुकुरीले रेटेर मारिएको सन्दर्भ आजको राजनीतिक परिवेशमा आइपुग्दा निकै सम्झना गर्न मन लागिरहेको छ । राजनीतिले यसरी क्रमभंग गर्ला भनेर कल्पना गरिएको थिएन ।

 
१६ हजार नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन कसको लागि हो ? यो प्रश्न युद्धको कमाण्डिङ गरेका नेताहरूले समीक्षा गर्नु पर्दछ । ३० वर्षीय पञ्चायतकाल र त्यसपछिको १२ वर्षीय संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्थाको कार्यकाललाई आजको राजनीतिक परिवर्तनसाग तुलना गर्दा सन्तोष गर्ने ठाउा छैन । परिवर्तन आम नेपाली जनताको जीवनस्तर माथि उठाउनका लागि नभएर तस्करहरू, कर ठगी गर्ने व्यापारीहरू, भ्रष्टाचारीहरू र राष्ट्रघातीहरूका लागि मात्र भएको महसुस भइरहेको छ । राजनीतिमा जीवन समर्पण गरेका व्यक्तिहरूले राजनीतिबाट किनारा लाग्नुपर्ने अवस्था विकसित भएको छ । नरेन्द्रजंग पिटरले उल्लेख गरेझैं ‘कमरेड विष्णु तिमीले त्यही जनयुद्धको शंखनाद गर्ने त्यही पोष्टरमा मुत्नु र थुक्नु त परेन नि !’ भनेर आफ्नो लेखको बिट मारेका छन् ।

 
राजनीतिमा विनोद चौधरी, मोतिलाल दुगड, राज्यलक्ष्मी गोल्छा, दीपक मनाङ्गे, ल्हारक्याल लामा र नवराज सिलवालजस्ता पात्रहरूले अवसर पाइरहेका छन् । जीवनभर राजनीतिलाई नै आफ्नो कार्यक्षेत्र बनाएर निष्ठापूर्वक राजनीति गरेका व्यक्तिहरूलाई पन्छाएर राज्यलाई कर ठग्दै, मुनाफाखोरी व्यवसाय गर्दै, तस्करी र गुण्डागर्दी गर्दै आएका व्यक्तिहरूलाई राजनीतिमा अगाडि बढाउन खोजिनुको कारण के हुन सक्छ ? यस्तो अवस्थाले राजनीतिलाई कहाा पुर्‍याउाला ? आगे सबैलाई चेतना भया !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here