विश्व शान्ति पदयात्राको सुरुवात र आवश्यकता

190

राज्यलक्ष्मी शाक्य

केही दिनअगाडि विश्व सांस्कृतिक शान्ति पदयात्राको पहिलो चरणमा काठमाडौंको स्वयम्भूबाट काभ्रेको नमोबुद्धसम्म साइकल यात्रा सम्पन्न भएको छ । चारुमति बुद्धिष्ट मिसन नेपालको अग्रसरतामा भएको यो कार्यक्रम वैशाख १ गते नेपाली नयाा वर्ष सद्भाव, शान्ति पदयात्रा र उल्लासमय रूपमा मनाउने उद्देश्यका साथ भएको थियो । सो विश्वशान्ति साइकल सांस्कृतिक र्‍यालीको संयोजकत्व राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले गरेका थिए ।
यो सन्दर्भलाई पंक्तिकारले किन उठाएको भने अशान्त बन्दै गएको विश्व र नेपाली भूमिको महत्वलाई ध्यानमा राखेर यो कार्यक्रम भएको छ । विश्वका सबै देशहरू लगभग ३ प्रकारका छन्, विकसित, अल्पविकसित र अविकसित । विकसित देशमा रहेका नागरिकहरू सुविधाको दृष्टिले सम्पन्नशाली भए पनि मानसिक रूपमा खुशी छैनन् । उनीहरू डिप्रेशन, एक्लोपनालगायतका विभिन्न मानसिक रोगका शिकार भएका छन् । भौतिक रूपमा उनीहरू सम्पन्न भए पनि मानसिक रूपमा भने गरिब छन् । त्यसकारण पनि व्यक्तिहरू अशान्त छन् । जब व्यक्ति नै अशान्त, एक्लो हुन्छ, तब समाज शान्त रहन सक्दैन ।

 
त्यही कारणले नै गर्दा मानसिकता विचलनका कारण अमेरिका बेलायत जस्ता विकसित देशहरूमा एउटै व्यक्तिले भीडभाडमा गोली प्रहार गरी नरसंहार गरेका घटनाहरू सार्वजनिक हुने गरेका छन् । अल्पविकसित देशमा पनि कोही सुखी छैनन् । यस्ता देशमा पुाजीपति र सर्वहारावर्गको रस्साकस्सी चलिनै रहेको हुन्छ । त्यस्तै अविकसित देशमा आधारभूत आवश्यकताका लागि पनि मानिसहरूले ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ । त्यतिमात्र नभएर विश्वका सबै मुलुकहरू कुनै न कुनै रूपमा हिंसासाग जोडिएका छन् । पक्ष विपक्षमा विभाजित भएका छन् । विभिन्न मुलुकहरू मानव सभ्यता नै विनाश गर्ने किसिमका हातहतियार, अणु, परमाणु बम, मिसाइल बनाउने होडबाजीमा लागेका छन् । सर्वत्र हिंसा, कोलाहल र अशान्ति मच्चिएको छ ।

 
विभिन्न चरण पार गरेर आएको मानव सभ्यता अहिले आफ्नो दुश्मन आफैं बन्न थालेको छ । मानिसका लागि सबैभन्दा ठूलो शत्रु मानिस नै बन्दै आएका छन् । नेपालमा पनि जुन गौरवशाली हाम्रो इतिहास रहेको थियो, त्यो बिर्सेर हामी भड्केका छौं । हाम्रो आत्मगौरव हराएका छौं । हामीले आफैंलाई, आफ्नो क्षमतालाई विश्वास गर्न छोडेका छौं । आफ्नो जन्मभूमिप्रति विश्वास डगमगाएको छ । आखिर किन यस्तो हुादै छ त ? यसको एउटै कारण हो, हामीले आफैंलाई भुल्नु । नेपाल प्राचीनकालमा तपोभूमि रहेको, विभिन्न ऋषिमुनिको जन्मभूमि, भगवान् गौतम बुद्धको जन्मभूमि, ज्ञानभूमि भन्ने कुरा हामीले बिर्सिएका छौं । कुनै बेला विश्वको केन्द्र नेपाल थियो, यहाा कैयौं महान् व्यक्तिहरूको जन्म भएको थियो भन्ने कुरा हामीले बिर्सिएका छौं । हामी सदैव स्वतन्त्र र सार्वभौम रह्यौं, हामीलाई विश्वको कुनै पनि शक्तिले हराउन सकेन, विश्वका विभिन्न मुलुकका सीमाको रक्षा गर्ने पनि हामी वीर नेपाली नै थियौं भन्ने कुरा आज बिर्सिएका थियौं । त्यसैले आज हामी मानसिक रूपमा कमजोर भएका छौं । यसले गर्दा आज हामी सबैभन्दा पछाडि परेका छौं, हेपिएका छौं, पिल्सिएका छौं ।

 
तर, अब नेपालीले आफ्नो इतिहासलाई सम्झनुपर्ने बेला आएको छ । अब फेरि आफूमा आत्मगौरव र आत्मविश्वास जागृत गराउनुपर्ने बेला आएको छ । हिजो जसरी विश्वको केन्द्रभूमि नेपाल थियो, त्यसैगरी अब यसलाई फेरि त्यही स्थानमा पुर्‍याउन जरुरी छ । त्यो लक्ष्य राखेर हामीले कार्य गर्ने हो भने अवश्य पनि हामीले अहिले भोगेका समस्याहरू भोग्न पर्ने छैन । अर्को कुरा यदि हामीले आफूले पनि बुझेर विश्वलाई बुझाउन सक्ने हो विश्वशान्तिको हाम्रो कल्पना पनि पूरा हुन सक्छ । सोही विचारअनुरूप नै नेपाली नयाा वर्षको दिनलाई विश्वशान्ति पदयात्राको रूपमा मनाई विश्वमा शान्तिको कामनाका साथ उक्त कार्यक्रम भएको छ ।  [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here