खानी तथा भूगर्भ विभागलाई अख्तियार लाग्ला ?

412

काठमाडौं / खानी तथा भूगर्भ विभागका उच्च पदस्थ कर्मचारीहरुको मिलोमतोबाट लक्ष्मी सिमेण्ट्स उद्योग प्रा.लि.का नेपाली हिस्सेदार मानव आचार्यसमेतले सो सिमेण्ट्स प्रा.लि.बाट आफ्नो स्वामित्व गुमाएका छन् । ट्याक्स फ्री आईल्याण्ड सेसेल्समा दर्ता भएको भारतीय नागरिकहरुको स्वामित्वको बिदेशी कम्पनी अनन्त इन्टरनेशनल लिमिटेडका स्वामित्ववाला भारतीय पासपोर्ट नं. २२४०१४०२ रहेका अनिल गुप्ता र भारतीय पासपोर्ट नं. २२८३००७२ रहेका अर्चित गुप्ता समेत दुई जनासँग मिलोमतो गरी खानी तथा भूगर्भ विभागका उच्च पदस्थ कर्मचारीहरुले अनौठो निर्णय गरेका छन् ।

 
लक्ष्मी सिमेण्ट्स उद्योगमा दुई जना भारतीय नागरिकहरुको नाममा रहेको बिदेशी कम्पनी अनन्त ईण्टरनेशनलको नाममा ९० प्रतिशत र बाँकी १० प्रतिशत शेयर नेपाली नागरिक मानव आचार्यसमेतको रहेको थियो । दुई जना भारतीय नागरिकले नेपाली नागरिकको अनुपस्थितिमा माइन्यूट खडा गरी लक्ष्मि सिमेण्ट्स उद्योगले चुन ढुङ्गा उत्खनन् गर्न पाएको अनुमती पत्र सेञ्चुरी सिमेण्ट्स प्रा.लि.लाई नामसारी गरिदिने भनी माइन्यूटमा उल्लेख गरी दुई जनाको मात्र दस्तखत गरी खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेका रहेछन् । १० प्रतिशत स्वामित्व रहेका नेपाली नागरिक मानव आचार्य समेत लाई बुझ्दै नबुझि ०७४ पुस १९ गते नामसारी गर्ने बिभागीय निर्णय गरी खानी तथा भूगर्भ विभागबाट ०७४ माघ ९ गतेको मितिमा पत्राचार गरिएको रहेछ ।

 
यता यी भारतीय नागरिकहरुले लक्ष्मी सिमेण्ट्स उद्योगलाई चुन ढुङ्गा उत्खनन् गर्न अनुमतिका लागि जग्गाधनिहरुको नक्कली मञ्जुरी पत्र बनाई प्रा.लि. दर्ता गरेको समेत जानकारी प्राप्त भएको छ । खानी तथा भूगर्भ विभागले सम्बन्धित जग्गाधनिहरुलाई समेत नबुझि चुन ढुङ्गा उत्खनन् गर्ने जस्तो कार्यलाई मान्यता दिने र स्वामित्ववालालाई नबुझी नामसारी समेत गरी दिने काम गरेको छ । यो नामसारी गर्ने काममा करोडौं रुपैंयाँको लेनदेनमा भारतीय नागरिक र खानी तथा भूगर्भ बिभागका उच्च पदस्थ कर्मचारीबीच कुरा मिलेको बिश्वस्त सुत्रले जनाएको छ । यस्तो गम्भिर त्रुटी गर्ने खानी तथा भूगर्भ विभागका ८ जना उच्च पदस्थ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारको दुरुपयोग गरेको ठहर गर्ला कि नगर्ला ? भारतीय नागरिकहरुले चन ढुङ्ग उत्खनन्का लागि नामसारी गरिदिएको जग्गाका जग्गाधनीहरुले आफुहरुले कोही कसैलाई चुन ढुङ्गा उत्खनन् गर्न मञ्जुरीनामा नदिएको भन्दै खानी तथा भूगर्भ बिभागमा आजै फाल्गुन १४ गते निबेदन दर्ता गराएका छन् । दर्ता नम्बर ४०८२ रहेको सो निबेदनको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि दिईएको छ । निबेदनको प्रतिलिपि जनधारणा साप्ताहिकसंग सुरक्षित छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here