भारतीय अतिक्रमणविरुद्ध नयाँ शक्ति पार्टीका नेता आक्रोशित

126

काठमाडौं / नेपालका राजनीतिक दलहरू सरकार निर्माण अभियानमा जुटिरहेका बेला दक्षिणतिरको छिमेकी देश भारतले नेपालको भूमि अतिक्रमण गर्नेदेखि लिएर नेपाली भूमिमा पुल निर्माण गर्ने र सडक निर्माण गर्नेसम्मका गतिविधिहरू गरिरहेको छ । नेपाली पक्षको अनुमति नै नलिएर दार्चुला जिल्लाको ब्योम गाउँपालिकास्थित महाकाली सीमा क्षेत्रमा बाटो निर्माण काठक चार वटा अस्थायी पुल डेढ सय मिटर सडिक र दुई किलोमिटर पैदल मार्ग बनाएको दावी नयाँ शक्ति पार्टी नेपाल दार्चुला जिल्लाका इञ्जिनियर जितेन्द्रसिंह महराले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । विज्ञप्तिमा यति ठूलो परिमाण नेपाली भूमिमा भारतीय पक्षले काम गर्दा पनि नेपाली सुरक्षा संयन्त्र र प्रशासनले पत्तै नपाउनु खेदजनक भएको उल्लेख छ ।

 
नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री र माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) गृहमन्त्री हुनु तर दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट नेपाली भूमि अतिक्रमणबारे जानकारी पाउँदा पनि कुनै एक्सन नगर्नुले एमाले र माकेको राष्ट्रवाद नक्क्ली भएको र उनीहरू राष्ट्रघाती अभियानमा नै रहेको संकेत गर्दछ भनी महराले प्रतिक्रिया जनाएका छन् ।

 
महराले आफ्नो प्रेस विज्ञप्तिमा ‘सन् १९६२ मा भारत–चीन युद्धको समयमा नेपालको दार्चुला जिल्लाको कालापानी भूमि प्रवेश गरेको भारतीय सेनाले ४ सय वर्ग किलोमिटर भूमि अझै नियन्त्रणमा लिएको र भारतीय विस्तारवाद विभिन्न बहानामा नेपालको सीमा अतिक्रमण गर्दै आएकाले यो विषयलाई हल्का रूपमा नलिन सरकार, दार्चुलाका निर्वाचित प्रतिनिधि, राजनीतिक दल प्रमुख जिल्ला अधिकारी र स्थानीयवासीलाई अनुरोध गर्दछु’ भनिएको छ ।
सन् २०१७ जून महिनामा चीनले दावी गर्दै आएको भूटानको दोक्लाम क्षेत्रमा चीनले सडक निर्माण गर्न खोज्दा भारतले हस्तक्षेप गरेको र भारत–चीन युद्ध हुने अवस्थासम्मको सृजना भएको स्मरण गर्दै महराले सीमामा सडक बनाउन खोज्दा राष्ट्रिय सार्वभौमिकताको सवाल कति महत्वपूर्ण हुन्छ भन्ने कुरा भारतले बुझेको उल्लेख गर्दै नेपाली भूमिमा यसरी सडक निर्माण गरेर दादागिरी नदेखाउन भारतलाई चेतावनी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here