पुलस्त्य पुलहाश्रम, कपिलमुनि र रावणको जन्मभूमि

224

–चन्द्रप्रकाश बानियाँ
म्याग्दीको बेनी नगरपालिकाअन्तर्गत “पक्षै” नाम परेको एउटा पौराणिक महत्वको सुन्दर ठाउँ छ । कुनै जमानामा त्यो ठाउँमा कालीगण्डकी र म्याग्दी नदीको संगम थियो भनेर मानिन्छ । बेनीदेखि पक्षैसम्मको भूबनोट हेर्दा त्यसको पुष्टि हुन्छ भन्न सकिन्छ । पक्षै पुराणप्रसिद्ध ऋषि पुलस्त्य पुलहको संयुक्त आश्रम मानिन्छ । स्थानको स्पष्ट किटान नभए पनि कृष्णा गण्डकी र गोमति नदीको किनारमा पुलस्त्यपुलहाश्रम रहेको कुरा श्रीमद्भागवत लगायत अनेकौं पौराणिक ग्रन्थहरुमा उल्लेख भएको भेटिन्छ । भगवान् श्रीकृष्णका दाजु बलरामले तीर्थाटनको सन्दर्भमा पुलस्त्याश्रमको भ्रमण गरेको कुरा महाभारतग्रन्थमा परेको छ । प्राकृतिक दृश्यावलोकनका दृष्टिले समेत उपयुक्त पक्षै एउटा पवित्र देवस्थलको रुपमा समेत पुराणकालमै परिचित थियो भन्ने कुराको प्रमाणहरु पौराणिक ग्रन्थहरुमा अनेकपटक दोहोरिएका छन् । हिन्दूधर्मका विशारद डा. पाण्डुर¨ वामनकाँडेद्वारा संकलित प्रकाशित महत्वपूर्ण हिन्दू तीर्थस्थलहरुको सूचीमा पुलस्त्य पुलहाश्रमको नाम पनि परेको छ । हिन्दूधर्मले पवित्र मानेको शालग्राम नदीको किनारमा रहेको हुनाले धार्मिम दृष्टिले पक्षैले निकै ठूलो महत्व पाउनु स्वाभाविक हो । समुद्री सतहदेखि १७ हजार मिटरको उचाइमा रहेको त्यस पवित्र भूमिमा हालसालै एउटा शिवमन्दिर निर्माण भएको छ । मठ, मन्दिर, देवल, पौवाहरु धार्मिक आस्थाका प्रतीकको रुपमा मानिन्छन् । देवआस्था दार्शनिक हिसाबले अध्यात्मसँग जोडिन्छ । समाजले अध्यात्मआस्थालाई सामाजिक नैतिकताको संरक्षक र सम्वद्र्धक मान्दछ । त्यस अर्थमा जहाँकहीँ पनि देवमन्दिरहरु बन्नु राम्रै हो भनेर मानिन्छ ।

 
पुलस्त्य आश्रमको छेउमा एउटा सानो ढुंगामाटाको शिवमन्दिर रहने गथ्र्यो र गलेश्वरमा झैं शिवका नाममा चामलको “रोटी” (बाबर) चढाउने चलन पनि थियो । अवश्य, गलेश्वरभन्दा पुलह–पुलस्त्याश्रमको अस्तित्व धेरै पुरानो हो । जुनबेलामा पक्षैमा ऋषिआश्रम थियो त्यतिबेलासम्म त गलेश्वर कालीगण्डकीको गर्भमै थियो होला । तर शिवपूजाको चलनमा भने कुन जेठो हो भनेर खुट्टयाउने आधार फेला पर्दैन । वास्तवमा पक्षैको महत्व पुराणप्रसिद्ध ऋषिद्वय पुलह–पुलस्त्यको आश्रम रहनुको हो । शिवमन्दिर रहनुको होइन । फेरि पुलस्त्य आश्रमभन्दा शिवको थापना निकै कान्छो हुनुपर्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । शिव मन्दिर त पुलस्त्यपुलहले आश्रम निर्माण गरेर बस्न थालेपछि स्थापना गरिएको होला । उसो त पक्षैमा शिवको स्थापना गर्ने पुलस्त्य–पुलह हुन् भनेर मान्न सकिँदैन । त्यसलाई पुष्टि गर्ने कुनै आधार फेला पर्दैन । श्रीमद्भागवत कथामा पुलस्त्यआश्रमको प्रसंग त आउँछ, शिवधामको कतै कहीँ उल्लेख छैन । समय समयमा फिरन्ते जोगी, संन्यासी र माताहरु पक्षैमा आउने÷बस्ने गर्ने गरेको पाइन्छ । तिनीहरुमध्येको कुनै शिवमार्गी जोगी वा माताले कुटीको छेउमा शिवजीको स्थापना गरेको हुनुपर्छ । कसले कहिले ग¥यो भन्ने तथ्य जानकारी नभए पनि पक्षैमा शिवस्थापनाको वास्तविकता त्यही हो । गलेश्वर महादेवलाई झैं चामलको रोटी (बाबर) चढाउने परम्परा पनि जोगी र माताहरुको खानाको गर्जो टार्ने सजिलो व्यवस्थाको लागि बसालिएको हुनुपर्छ ।

 
पुलस्त्य–पुलहादि ऋषिमुनिद्वय शिव र देवीका भक्त हुनसक्छन् भन्ने पौराणिक आधार फेला पर्दैन । पुराणकथाहरुकै आधार लिने हो भने पुलस्त्य सृष्टिकर्ता ब्रह्माका छोरा मानिन्छन् । अर्थात् पुलस्त्यको जन्म वैदिक आर्य वंशमा भएको हो भनेर मान्नुपर्ने हुन्छ । पुराणकालदेखि नै हिन्दू देवीदेवताहरुको सूचीमा समावेश गरिएका भए पनि शिव र देवी वैदिक देवता होइनन् भन्ने बहस बेलामौकामा चल्ने गरेकै छ । प्रसिद्ध लंकापति रावणलाई राक्षसवंशी भनेर वैदिक साहित्यहरुले नाम दिएका हुनाले पुलस्त्य–पुलहादि ऋषिहरु पनि वैदिक आर्य होइनन् भनेर मान्नुपर्ने हुन्छ भनिदिँदा कैयौं विद्वान्, पण्डित र पुराणवाचकहरुको चित्त नबुझ्न सक्छ । कसैले अन्धआस्थावश मान्ने नमान्ने कुरा एउटा हो, ऐतिहासिक र पुरातात्विक तथ्यले बोल्ने कुरा अर्को हो । ऐतिहासिक र पुरातात्विक अनुसन्धानबाट स्पष्ट भैसकेको छ कि वैदिक सभ्यताभन्दा सिन्धुघाँटीको द्रविडसभ्यता पुरानो हो । सिन्धुघाँटीको सभ्यता इशापूर्व ३८००–१४०० सम्मको मानिन्छ । वैदिकसभ्यता त्यो भन्दा पछिको हो । कान्छो हो । सिन्धुघाँटीको सभ्यता गैरआर्य अर्थात् अनार्य द्रविडहरुले विकास गरेका थिए । उत्तरपश्चिमतिरबाट आएको घुमन्ते जाति वैदिक आर्यले सिन्धुघाँटीको सभ्यता नष्ट गरेको थियो भनेर मानिन्छ । सिन्धुघाँटीको ऐतिहासिक–पुरातात्विक अध्ययनबाट वैदिक आर्यहरु भारतवर्षमा आउनुभन्दा पहिलेदेखि नै सिन्धुघाँटीमा शिव, देवी र लिङ्गको पूजा गर्ने परम्परा रहेको देखिएको छ । सिन्धुघाँटीतिरबाट गंगाको मैदानतिर छिरेको वैदिक आर्यजातिले वैदिक संस्कृतिको विकास गरेको हो । आर्यहरुका प्रारम्भिक ग्रन्थहरुमा शिव र देवी नाममा देवताको कतै उल्लेख भएको छैन । ऋगवेदमा रुद्र नामका देवताको नाम परेको छ तर देवीको नाम छैन । त्यसैले द्रविडहरुको संगतमा परेपछि मात्र शिव र देवीलाई पनि आफ्नो देवसमूहमा वैदिक आर्यहरुले समावेश गरेका होलान् भनेर अनुमान गर्न सकिन्छ । देवाधिदेव कैलाशपति महादेवका अनन्य मित्र तथा धनका देवता भनेर पुराणहरुले नाम दिएका कुबेरको राजधानी “स्वर्णपुरी” कैलाश पर्वतको नजिकै थियो भनेर मानिन्छ । उनै कुबेर पुलस्त्य ऋषिका जेठा नाति थिए भनेर मानिने हुनाले पनि पुलस्त्यको वंश र उनको धार्मिक आस्थाको अनुमान लगाउन सकिन्छ । अर्थात् पुलस्त्य ऋषि अनार्यवंशी थिए र उनले शिवप्रति आस्था राख्थे होलान् भन्न सकिन्छ । त्यसैले पुलस्त्यको आश्रमनजिक शिव मन्दिर स्थापना हुने कुरालाई अस्वाभाविक मान्न मिल्दैन ।

 
पुलस्त्य आश्रमनजिकै रावणको नाभी गाडिएको ठाउँ भनेर स्थानीय समाजमा लोकप्रसिद्धि पाएको ठाउँ पनि छ । त्यसैको आधारमा पुलस्त्य आश्रमलाई रावणको जन्मभूमि भन्ने चलन पनि छ । जसरी रामको जन्मसम्बन्धी कथा वैज्ञानिक व्यावहारिक दृष्टिले अविश्वनीय लाग्दछ, त्यसैगरी रावणको जन्म कथा पनि अविश्वासको घेराबाट मुक्त छैन । रामको जन्म अभिमन्त्रित पायस (खीर) खाएर दशरथका रानीले धारण गरेको गर्भबाट भएको हो भनेर रामायण, महाभारत आदि इतिहासस्मृतिहरुमा लेखिएको छ त्यसैगरी रावणका पिता विश्रवाको जन्म आमाविना नै भएको मानिएको छ । स्वयम् रावणको शरीरमा दश टाउका थिए भनिएको कुरा पनि अविश्वनीय मात्र होइन, शारीरक सन्तुलनका दृष्टिले व्यावहारिक मान्न सकिन्न । तैपनि पौराणिक अतिरञ्जनालाई एकातिर पन्छाएर विशुद्ध मानव इतिहासका दृष्टिले हेर्ने हो भने रावणको जन्म पुलस्त्यआश्रमको सेरोफेरोमै भएको होला भनेर मान्न नसकिने कारण देखिँदैन ।
जहाँसम्म पुलस्त्य–पुलहहरु कुन जातिसमूहका मानिस हुन् भन्ने कुरा हो, त्यसको एकिन तथ्यप्रमाण त फेला पर्दैन तर अनुमान गर्नका लागि केही भरपर्दा तथ्यहरु भेटिन्छन् । जस्तो कि सांख्यदर्शनका प्रणेता कपिलमुनि थिए । इतिहास अनुसन्धाताहरुले कपिलवस्तुको शाक्यवंशको साइनो खसजातिसँग जोडिन्छ भनेर पनि अनुमान गर्छन् । सम्भवतः सिद्धार्थ गौतम कपिलवंशकै हुन सक्ने आधार फेला नपरिसकेको भए पनि त्यस्तो अनुमान भने गर्न सकिन्छ । त्यसैले कपिलमुनिलाई खसजातिका ऋषि थिए कि भनेर अनुमान गर्न सकिन्छ । कपिलमुनिको दर्शनले पनि त्यतातिर संकेत गर्छ । किनकि उनको सांख्यदर्शनले सृष्टिको सन्दर्भमा वैदिक दर्शनभन्दा विल्कुल फरक मत राख्दछ । सांख्यदर्शनले “ईश्वराशिद्धे” भनेर ईश्वर अर्थात् परमात्माको प्रामाणिकतामा प्रश्न उठाउँछ । सृष्टिको कारक ईश्वर होइन, प्रकृति हो भनेर मान्दछ । अर्थात् सांख्यदर्शन पनि बौद्धदर्शन जस्तै अनिश्वरवादी दर्शन हो । कपिलमुनि बुद्धभन्दा अघिल्लो शताब्दीका हुन् भनेर मानिन्छ र बुद्धदर्शन कपिलदर्शनबाट स्पष्ट प्रभावित छ भन्न सकिन्छ । बुद्ध स्वयम्ले कपिलमुनिको आश्रमको दर्शन गरेको कुरा बुद्ध साहित्यमा भेटिन्छ । शुद्धोधनको राज्य कपिलवस्तुको नाम कपिलमुनिको नामबाटै रहेको हो भनेर मानिन्छ ।
कपिलमुनिको प्रस¨ सगर राजाको पौराणिक कथासँग पनि जोडिन्छ । भागिरथा गाको उत्पत्तिसँग पनि जोडिन्छ र पुलस्त्य पुलहाश्रमसँग पनि जोडिन्छ । श्रीमदभागवत कथामा कपिलमुनिले पुलस्त्यआश्रमको दर्शनभ्रमण गरेको र नजिकै आश्रम बनाएर बसेको कुरा लेखिएको छ । पुलस्त्यआश्रमको नजिकै “तीनमाने” नाम गरेको ठाउँ छ । त्यस ठाउँलाई कपिलआश्रम भनेर चिनिन्छ । अर्थात् केही समय कपिलमुनिले त्यही ठाउँलाई आश्रम बनाएर बसेका थिए भन्ने लोककथन रहेको छ । मान्छेले स्वभावतः विचार, आस्था मिल्ने र समान जातिसमूह रहेकोे समाजमा नै बस्न रुचाउँछ । त्यसैले पुलस्त्य–पुलह कपिलमुनिकै समुदायका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । पुलस्त्य, पुलह र कपिलको सामिप्यताको जातिगत बाहेक अरु नै साइनो हुन पनि सक्छ । अर्थात् कपिल खस थिए र वैदिक संस्कृतिका आलोचक थिए भने पुलस्त्य–पुलहादि ऋषिहरु द्रविड थिए र उनीहरु पनि वैदिक मतसँग विमति राख्दथे कि ? “शत्रुको शत्रु आफ्नो मित्र र उसको मित्र आफ्नो पनि शत्रु” भने जस्तै दुवैथरी वैदिकमतका विरोधी रहेका हुनाले आपसमा मित्रता भएको हुन सक्छ । रामकथाको आधारमा यस्तो अनुमान गर्न सकिने भए पनि कपिलदर्शन भन्दा पुलस्त्यऋषि वैदिक दर्शनका नजिक रहेको स्पष्ट सन्देश उनले रचना गरेको पुस्तक “पुलस्त्यस्मृति”मा परेको विषयले दिन्छ । पुलस्त्यस्मृति नाम गरेको सानो पुस्तकमा वैदिक समाजको रीतिस्थितिलाई व्यवस्थित गर्ने सामाजिक नियमहरु परेका छन् । पुलस्त्य अनार्य द्रविड हुन् अथवा खस हुन् वा वैदिक आर्य हुन भन्ने कुराको खुलासा हुँदैन । लंकापति रावण उनका नाति थिए भन्ने कुरा पुराणप्रमाणित सत्य हो । रावण लंकाका राजा कसरी हुनपुगे होलान् भन्ने प्रश्नको उत्तर सोझो छ । भारतवर्ष सिंगै द्रविडहरुको पुस्तैनी थलो हो । वैदिक आर्यहरुले गंगाको मैदानजस्तो उर्बर भूमि खोसिदिएपछि द्रविडहरु दक्षिण भारततिर लघारिएका हुन् । अर्थात् रावण अनार्य थिए, द्रविडवंशी थिए । नाति द्रविड ठहरेपछि बाजेलाई आर्य हुन् भनेर मान्न सजिलो छैन ।

 
उपर्युक्त पौराणिक, ऐतिहासिक, पुरातात्विक र जैविक वास्तविकताले पुलस्त्य पुलहाश्रमसँग शिवको नाता रहनु स्वाभाविक बनाउँछजस्तो लाग्दछ । बाजेको आश्रममा हुर्केबढेका रावण, कुम्भकर्ण र विभीषणहरुमा स्वाभाविकरुपमा शिवप्रति पुस्तैनी आस्था श्रद्धा रहने नै भो । रामरावणयुद्धको बेला रावणपुत्र इन्द्रजीतले देवीको विशेषअनुष्ठान गरेको कुरा परेको छ । रावणको सहायताको निमित्त स्वयम् शंकर भगवान् लडाइँको मैदानमा उपस्थित भएको कुरा पनि परेको छ । शिवआराधना गरेर रावणले शक्ति प्राप्त गरेको कुरा रामायण महाभारतजस्ता ग्रन्थहरुमा उल्लेख भएको छ । त्यसबाट पनि पुलस्त्य–पुलहादि ऋषिमुनिहरुका आदिदेवता महादेव नै रहेको पुष्टि हुन्छ । त्यसले पनि उनीहरुलाई गैरआर्य भएको प्रमाणित गरिदिन्छ ।
स्वभावतः द्रविडवंशी भएको हुनाले पुलस्त्य पुलहादि ऋषिहरुले महादेवको पूजा आराधना गर्थे र आफ्नो निवास वरपर कतै शिवजीको स्थापना गरेका पनि हुँदा हुन् भन्न सकिन्छ । त्यस अर्थमा पक्षैमा शिवजीको मन्दिर निर्माण गर्नु अप्रसांगिक ठहर्दैन । तर पक्षैको विशिष्टता र महत्व शिवधामका रुपमा होइन, ऋषिआश्रमका रुपमा हो । ऋषिआश्रमलाई ओझेलमा पार्नेगरी शिवमन्दिर बनाउनु नादानी हो । आश्रमको पौराणिक महत्व नबुझ्नु हो । भव्य शिवमन्दिर बनाउँदैमा पक्षैको महत्व र गरिमा बढ्दैन । त्यसठाउँमा विकास–निर्माण, सुधारसम्भार र संरक्षण सम्बर्धन गर्नुपर्ने कुरा त आश्रमको पो हो । मठ मन्दिरहरुको सट्टा प्राचीन आश्रमको जीवित झझल्को दिने निमार्णकार्य हुनुपर्ने हो । आश्रमको नाममा शिवमन्दिर बनाउनु वास्तवमा “भाङ्ग्राको टोपीमा गुयँलाको फूल सिउरनु” भनेजस्तो परिस्थिति निर्माण गर्नु हो । शिवधाम सहायक तत्व हो, पक्षैको मूलतत्व त ऋषिआश्रम हो भन्ने कुरातर्फ पुलह–पुलस्त्याश्रम विकास समितिको ध्यान जानु सान्दर्भिक हुन्थ्यो । शिवमन्दिर बनाउनै हुँदैन भन्ने होइन तर प्राथमिकतामा पर्नुपर्ने कुरा त्यो थिएन । अझै पनि केही बिग्रेको छैन । असल कामका लागि कहिल्यै ढिलो हुँदैन । हालसालै बेनी नगरपालिकाले पुलस्त्यआश्रममा रावणपार्क निर्माण गर्ने निर्णय लिएको छ भनिन्छ । रावण पनि पुलस्त्याश्रमको विकासको सन्दर्भमा मुख्य विषय बन्नु उपयुक्त हुन्छजस्तो लाग्दैन । त्यो ठाउँको महत्व पुलस्त्य पुलहाश्रमको हो । कपिल, रावण, कुवेर वा राम आदि सहायक विषय हुन् । पौराणिक साहित्यहरुद्वारा स्थापित पुलस्त्यपुलहाश्रमको प्राचीन गौरवलाई ओझेलमा पार्नेगरी कुनै संरचना निर्माण गर्नु वा संरचनाको नामाकरण गर्नु गलत हुन्छ । रावण, कुम्भकर्ण, विभीषण वा अरु कसैको नाममा विशेष संरचना निर्माण गर्न सकिन्छ तर त्यसले पुलस्त्यपुलहाश्रमको पौराणिक नामलाई विस्थापित गर्नु हुँदैन भन्ने कुरातिर अवश्य नगरपालिकाले ध्यान पु¥याउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here