के गरे मोदीले जनकपुरमा चार घण्टा ?

304

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको क्रममा रहेका छन् । मेदीले शुक्रबार जनकपुरमा झण्डै चार समय घण्टा बिताएका थिए । यसक्रममा उनले जानकी मन्दिरमा विशेष पूजा अर्चनादेखि अयोध्या–जानकी बससेवाको उद्घाटन, प्रदेश सरकार तथा विभिन्न संघ संस्थाको अभिनन्दन र दुई छुट्छुटटै सम्बोधन गरेका थिए ।

बाह्र विघा मैदानमा भएको कार्यक्रमा मात्रै मोदीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । मोदीको सम्बोधनमा जनकपुर, लुम्बिनीको महत्व, नेपाल भारत सम्बन्धको पाटो, नेपालको परिवर्तित राजनीति,व्यापार, रेलमार्ग, सडकमार्ग, कृषिलगायत थुप्रै आपसी सहयोगका बारेमा केन्द्रीत थियो । सम्बोधनका क्रममा उनले नेपालको सम्बृद्धि आफ्नो पनि सम्बृद्धि भएको जनाएका छन् । उनले जनकपुरको विकासका लागि एक सय करोड लगानी गर्ने घोषणा पनि गरेका थिए । उनले बुद्धिष्ट सर्किट र जैन सर्किट जोड्न चाहेको भन्दै यसले दुई देशको पर्यटन विकासमा सहयोग भन्दै दुई देशबीचको कला संस्कृतिको चर्चा विश्वस्तरमा हुने गरेको उल्लेख गरेका छन् । मोदीले जनकपुर बसाईको चार घण्टामा अरु पनि कार्यहरु गरेका छन् ः–

मोदीलाई ओली र ईश्वरको स्वागत
जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलले छुट्टा–छुट्टै स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले जानकी मन्दिरमा मोदीको स्वागत गरे भने रक्षामन्त्री पोखरेलले जनकपुर विमानस्थलमा । त्यस्तै विमानस्थलमै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदुत मन्जिवसिंह पुरी लगायतले पनि स्वागत गरेका थिए ।

षोडसोपचार विधिबाट विशेष पूजाअर्चना

विमानबाट मोदि सिधै जनकपुरको जानकी मन्दिरपुगे । मोदीले त्याँहा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गरेका थिए ।

मन्त्रको प्रधानता रहेको यो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो ।

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् । । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ ।

पूजापछि रामायण सर्किट उद्घाटन

जानकी मन्दिर पुगेका मोदीले जनकी मन्दिरमा २० मिनेट बिताएका थिए । मोदीले जानकी मन्दिरमा ६ मिनेट पूजाआराधना गरेका थिए भने पुजापछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले जनकपुर अयोध्या सीधा बस सेवा सञ्चालनको शुभारम्भ गरेका थिए । त्यसपछि दुवै प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मोदीले जानकी मन्दिरमा दर्शन गर्ने अवसर प्रदान गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन् ।
बाह्रविघामा अभिनन्दन

जानकी मन्दिरको कार्यक्रमपछि मोदी नागरिक अभिनन्दनस्थल बाह्रविघा मैदान प्रस्थान गरे । बाह्रविघा मैदानमा उनलाई प्रदेश सरकार र विभिन्न संघ संस्थाले मायाको चिनो प्रदान गरेका थिए भने

मोदीलाई प्रदेश २ को सरकारका तफृबाट १२१ किलोको मालाले स्वागत गरिएको थियो । सोही कार्यक्रममा जनकपुर उद्योग वाजिज्य संघले पनि १२१ किलोको मालाले स्वागत गरेको छ ।

मोदीको स्वागतमा आयोजना गरेको सो कार्यक्रममा त्यो मालाबाट स्वागत गरेको हो ।

त्यस्तै, प्रदेश सरकारले जानकी मन्दिरको तस्विर प्रदान गरेको थियो । त्याँहाका स्वागत र सम्मान कार्यक्रम भइरहँदा मञ्चमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादव, काँग्रेसका नेता विमलेन्द्र निधि लगायतका उपस्थिति थियो । बाह्रविघामा अभिनन्दनपछि मोदीले सम्बोधन गरे । उनले आफ्नो भ्रमण प्रधानमन्त्रीको रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको जनाएका थिए । नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे भने त्यसपछि हिन्दीमा बोलेका थिए । उनले पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेपनि समय लागेको भन्दै उनले क्षमा पनि मागे । बाह्र विघा मैदानमा भएको कार्यक्रममा मोदीले लामो सम्बोधन गरेका थिए । त्यस क्रममा मोदीले प्रधानमन्त्री केपी शमो ओलीको ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने सपना पूरा गर्न भारत सरकारको पूरा साथ रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले गरिवी निवारण भारतको मुख्य लक्ष्य रहेकाले त्यसमा सहकार्य गरेर अघि बढने पनि बताए । मोदीले ‘बालबालिकाको पढाई, युवाको कमाई र वृद्धवृद्धाको दवाई’मा अभाव हुन नदिन आफूहरु लागि परेको पनि स्पष्ट पारे । ‘मोदीले नेपालसँग रेलमार्ग, जलमार्ग र हवाईमार्ग जोड्न चाहेको पनि स्पष्ट पार्नु भयो । दुई देशबीच कनेक्टिभिटीमा जोड दिइन्छ’ मोदीको भनाई थियो ।

एकसय करोड सहयोगको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनका क्रममा जनकपुरक्षेको विकासका लागि १ अर्ब सहयोग गर्ने घोषणा गरे ।

जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सहयोगको घोषणा गरेका हुन् ।

अयोध्या र जनकपुर जोड्ने प्रयास

भारतीय प्रधानमन्त्रीले अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने जनाएका छन् ।

जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको काम पनि तीब्रगतिमा भइरहेको उनले भनाइ राखेका छन् ।

मोदीले भारतले शुरु गरेको नेबरहुड फस्टमा नेपाललाई पहिलो प्राथमिकतामा राखेको आफ्नो सम्बोधनको क्रममा जनाए । भारत जसरी तीब्र गतिमा विकास गरि रहेको छ त्यसरी नै नेपाल पनि अगाडि बढीरहेको मोदीको बुझाई थियो ।

प्रधानमन्त्री ओलीको नियन्त्रणमा भारतीय समकक्षी मोदी २ दिने नेपालको राजकीय भ्रमणमा शुक्रबार सवा १० बजे जनकपुर पुगेका थिए । जनकपुरको चार घण्टे कार्यक्रमपछि मोदी शुक्रबारै काठमाडौ उडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here