मोदीले गरे मुक्तिनाथमा पूजा

270

काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।
यो सँगै मोदी प्रधानमन्त्रीको हैसियतमा मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् ।

मोदीलाई मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले झण्डै २५ मिनेट पूजा–अर्चना गराएका थिए भने मन्दिरका अन्य पुजारी तथा भिक्षुहरूले स्वागत गरेका थिए ।

पूजा अर्चनापछि १०८ धारामा जल शेचन गरेका मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताएका थिए ।

शनिबार बिहान ६ः३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत मोदी मुक्तिनाथ पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here