भारतीयको कब्जामा नेपालका नदिहरु

359

काठमाण्डौ । भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । यसरी भारतले नेपालका धेरैजसो नदिहरुमा कब्जा जमाएको छ ।

भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्युत्त आयोजनाहरु निर्माण गर्न २५ भारतीय कम्पनीले सर्भेलाइसेन्स लिएका थिए । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुनमा तीनवटा आयोजनाको इजाजतपत्र खारेज गरिदिएपछि २५ वटामा सीमित भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here