ओली–प्रचण्ड एकता : ख्रुश्चेभको नवसंशोधनवादको निरन्तरता

225

हुकुमबहादुर सिंह
नेपालमा नेकपा एमाले र माओवादी केन्द्र विघटन गर्दै ‘अन्डरलाइन नयाँ कम्युनिष्ट पार्टी’ गठन गरिएको घोषणा गरिएको छ । तर के यो साँच्चै कम्युनिष्ट पार्टी नै हो त ? या अन्य समाजवादी राजनीतिक दल, नेपाली कांग्रेस, राप्रपा तर नाम मात्रै कम्युनिष्ट पार्टी हो ? बहसको आवश्यकताको माग गर्छ । भन्न त नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ६९ वर्षपछि पुनर्गठन गरिएको भनिएको छ । तर कहीँ नभएको जात्रा हांडी गाउँमा भनेझैं पार्टीमा दुई जना अध्यक्ष बनाइएको छ । र यो पार्टी खासमा दुई जना ‘पुँजीवादी लेफ्टीनेन्टहरू’को पार्टी हो भन्दा अर्घेल्याई नहोला ।
जे भएता पनि यो पार्टी एउटा संसदीय राजनीतिक दल हो । कुरा के स्पष्ट हो भने आजभन्दा करीब ६२ वर्ष अगाडि सन् १९५६को सोभियत संघको कम्युनिष्ट पार्टीको बीसौं कंग्रेसमा ख्रुश्चेभको नव संशोधनवादका विषहरूलाई अन्य कम्युनिष्ट पार्टीहरूबीचमा फैलाउन सुरु गरेको इतिहास छ । । १९५३मा स्तालिनको मृत्युपछि ख्रुश्चेभद्वारा नेतृत्व गरिएको एउटा संशोधनवादी गुटले कू ग¥यो र सोभियत संघको कम्युनिष्ट पार्टीमाथि, अनि अन्तराष्ट्रिय सर्वहाराको नेतृत्वदायी पार्टीमाथि नियन्त्रण ग¥यो । तिनीहरूले पार्टीमा रहेका क्रान्तिकारीहरूलाई या त फ्याँके अथवा मारे, समाजवादको पहिलो भूमिमा पुँजीवादको पुनः स्थापनाको प्रक्रिया सुरु गरे र साम्राज्यवादी क्याम्प, खासगरी अमेरिकी साम्राज्यवादसित सम्बन्धको विकास गरे ।
ख्रुश्चेभको नव संशोधनवाद विरुद्ध माओको लडाइँ अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा ‘महान् बहस’को रूपमा प्रसिद्ध छ । तिनीहरूले एकैसाथ तथाकथित स्तालिन व्यक्तिवादी संस्कारमाथि आक्रमण गरे र तीन शान्तिपूर्णहरू– शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धा अवलम्बन गरे, जो नेपालमा मदन भण्डारीले अगाडि ल्याएको जनताको बहुदलीय जनवाद (जबज) हो । ख्रुश्चेभको बदनाम नव संशोधनवाद नै सारमा नेपालमा मदन भण्डारीको जबजमा पुनरावृत्ति हो । जसलाई एमाले र माकेको संयुक्त पार्टीले मार्गनिर्देशक सिद्धान्त मानेको छ ।

शान्तिपूर्ण संक्रमण
शान्तिपूर्ण संक्रमणको अर्थ संसदीय व्यवस्थाद्वारा समाजवादतर्फको शान्तिपूर्ण संक्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसदमा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्वारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवाद ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक –प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृत्ति थियो ।

 

शान्तिपूर्ण सहअस्तित्व
ख्रुश्चेभले समाजवादी राज्यको विदेश नीतिको जनरल लाइनको रूपमा भिन्नै सामाजिक प्रणाली भएका राज्यहरूबीच शान्तिपूर्ण सहअस्तित्व प्रस्ताव ग¥यो । उसले यसरी पुँजीवादी राज्यहरूसित शान्तिपूर्ण सहअस्तित्वको लेनिनको नीतिलाई तोडमरोड ग¥यो, जुन सर्वहारा अन्तराष्ट्रवादको समाजवादी राज्यको विदेश नीतिको केबल एउटा पक्षमात्रै थियो । ख्रुश्चेभले साम्राज्यवादसित शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उसको इच्छाबमोजिम सबै अन्य चीजहरूलाई यसको अधिन बनायो । उसले उत्पीडित राष्ट्रहरूको संघर्षलाई मद्तको नीति र अन्य समाजवादी देशहरूलाई सहयोग दिन र सम्वन्ध बनाउन साम्राज्यवादी शक्तिहरूसित शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामाथि आधारित बनायो । यो यसरी केहि पनि थिएन, केवल साम्राज्यवादसित साझेदारीको एउटा नीति थियो ।

 

शान्तिपूर्ण प्रतिस्पर्धा
शान्तिपूर्ण प्रतिस्पर्धा यो सिद्धान्त थियो कि पुँजीवाद र समाजवादबीच अन्तरविरोध पुँजीवादी र समाजवादी प्रणालीबीच आर्थिक प्रतिस्पर्धामार्फत समाधान गरिने छ । यो सिद्धान्तले यसरी साम्राज्यवादको प्रतिक्रियावादी र युद्ध पिपासु चरित्रलाई स्वीकार गर्न इन्कार ग¥यो । यसले भ्रम सृजना ग¥यो कि समाजवादी र साम्राज्यवादी क्याम्पबीचको अन्तरविरोध एउटा प्रतिरोधविहीन अन्तरविरोध थियो, जसलाई संघर्षको शान्तिपूर्ण रूपमार्फत समाधान गरिने छ । यसरी ख्रुश्चेभको तीन शान्तिपूर्णहरूको सिद्धान्त एउटा पूरै संशोधनवादी सिद्धान्त थियो, जसलाई उसले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि लाद्न चाहन्थ्यो । यो साम्राज्यवादसित नजिकको सम्बन्ध बनाउनतिर निर्देशित थियो । उसको योजना कार्यान्वयन गर्न र साम्राज्यवादी शक्तिहरूको स्वीकारोक्ति प्राप्त गर्न, ख्रुश्चेभले साथसाथै व्यक्ति विरोधको नाममा स्तालिनमाथि एउटा विषालु आक्रमण ग¥यो । क्रान्तिकारी सिद्धान्त जुन स्तालिनले खडा गर्नुभएको थियो र यसको लागि लडनु भएको थियो, त्यसलाई तोडन विश्वभरीका क्रान्तिकारीहरू र जनसमूहहरूबीच स्तालिनको व्यक्तित्वलाई ध्वस्त गर्नु उसका लागि पहिलो आवश्यकता थियो । यो काम अनेकौं झुटहरू र फरेबहरूको प्रचारप्रसारको एउटा अभियानमार्फत गर्न सकिन्थ्यो ।

 
माओको निर्देशनमा चलेको चिनियाँ कम्युनिष्ट पार्टी यो संघर्षको अग्रभागमा थियो । बीसौं सोभियत पार्टी कंग्रेसको दुई महिनाभित्रै चिनियाँ कम्युनिष्ट पार्टीले सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि एउटा लेख प्रकाशित ग¥यो, जसले स्तालिनलाई एउटा उच्च र महान् माक्र्सवादी–लेनिनवादीको रूपमा उच्च मूल्याङ्कन ग¥यो । यसको लगत्तै डिसेम्वर १९५६मा अर्को लेख सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि ज्यादा जोड दिँदै प्रकाशित गरियो, जसले जोड दियो कि समाजवादी क्याम्पले उसका मित्रहरू र शत्रुहरू को हुन् स्पष्टसित छुट्याउनु पर्दछ । यो पार्टी फोरमहरूभित्र खासगरी १९५७मा ६०वटा भाइचारा पार्टीहरूको बैठकहरूमा र १९६०मा ८१वटा भाइचारा पार्टीहरूको बैठकहरूमा र सोभियत पार्टी नेतृत्वसितका बैठकहरूमा ख्रुश्चेभवादी संशोधनवादी लाइनसित संघर्षका लागि र त्यसलाई पराजित गर्न एउटा सात वर्षे लामो प्रयाससितको योजनामा जोडिएको थियो ।

 
अहिले नेपालमा एमाले र माकेको मिलनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा काफी भ्रमहरू सृजना भएका छन्, तिनलाई जनताको बीचमा स्पष्ट पार्न अर्को महान् बहसको आवश्यकता छ र अहिले अन्तर्राष्ट्रिय स्तरमा स्थापित माओजस्ता क्रान्तिकारी नेता छैनन् । तर पनि अहिलेको आवश्यकता ख्रुश्चेभको नव संशोधनवादविरुद्ध माओको लडाइँबाट पाठ सिक्दै एमाले र माकेका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपालका केही सीमित क्रान्तिकारी कम्युनिष्टहरूका काँधमा आएको छ । र यीमध्ये तुलनात्मक रूपले हामीसित सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष क.मोहन वैद्य किरणको काँधमा आएको छ । हुन त सन् १९६३–०६४को समयको जस्तो कम्युनिष्ट आन्दोलन छैन, अहिले नेपालमा कम्युनिष्ट नेता तथा कार्यकताले सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको आवश्यकतातर्फ रुचि राख्दैनन्, उनीहरूको ध्यान पद र पैसामा केन्द्रित भएको छ । देश र जनताको मुक्ति आफूले प्राप्त गर्ने त्यही पद र पैसामा तौलने गर्दछन् । तै पनि क्रान्तिकारीका लागि क्रान्तिकारी आशावादका साथ कसरी माओले ख्रुश्चेभको नव संशोधनवाद विरूद्धको लडाइँ लड्दै माक्र्सवाद–लेनीनवादको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो, त्यसबाट पाठ सिक्दै एमाले र माकेका विरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसलाई नेपाली जनताको बीचमा तीव्रताका साथ लैजाने महान् जिम्मेवारी पूरा गर्नै पर्ने भएको छ । यो महान् बहसमा नेपालका अन्य क्रान्तिकारी बुद्धिजीवीहरू, लेखकहरू तथा पार्टीका नेता र कार्यकर्ताहरूको सहभागिताको पनि त्यत्तिकै आवश्यकता पर्छ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here