दुई पार्टिको एकता प्रति नेकपा(माओवादी) को गम्भिर ध्यानाकार्षण

304

काठमान्डौं । नेपाल कम्युष्टि पार्टी (माओवादी) ले तत्कालिन माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेबीच भएको पार्टी एकताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आईतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी) ले दुई पार्टीबीचको एकताप्रति गम्भिर ध्यानाकार्षण गराएको हो । पार्टीका संयोजक विमल अधिकारीले भने–‘एकता आँफैमा गलत हैन, पार्टी एकता कुनै निश्चित सिद्धान्त र विधिको आधारमा हुनेगर्छ तर यो एकताको प्रवृत्ति हेर्दा सममन्तवादी, अलोकतान्त्रिक, अति नोकरशाही, निरकुंश तथा एकाधिकार चरित्रको भएको स्पष्ट छ ।’

अनेकौ जालझेल र षड्यन्त्रबाट गरिएको एकताले निकट भविष्यमा माओवादीहरुको आत्मसर्मपर्ण बाहेक अरु केही हुने नदेखिएको उनले बताए । ‘यो एकतामा कहीँ कतै माक्र्सवाद र जनवादको प्रयोग भएको देखिँदैन । त्यसैले यो एकतालाई हामीले दक्षिणपन्थि र आत्मासमपर्णवाद भन्दै आएका छौं ।’–अधिकारीले थपे ।
त्यसैगरि नेपाल कम्युष्टि पार्टी (माओवादी) केन्द«का केन्दि«य सदस्य आलोक रायमाझीले भने,‘यो एकतालाई हामी महाभारतको युद्दको संज्ञा दिनछौं । कौरव र पाण्डवको खेलमा कौरवको जालझेलको कारण हार्ने निश्चित छ ।’

तत्कालिन् माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेलेपनि षड्यन्त्र र जालझेलमा एकता गरेकाले हार्ने निश्चित रहेको उनको दाबी छ ।

उनले थपे,‘अब इमान्दारिता र जनताको समर्थनको जित हुन्छ । साथै अब मुलुकको रक्षाको निम्ती हाम्रो पार्टी जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार रहेको छ।’

नेकपा र नेपाली कांग्रेसको विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिकाको कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनु पर्ने उक्त पार्टीको ठहर छ । जारी विज्ञप्तीमा भनिएको छ,‘संसदवादी दलहरु जनयुद्ध र जनआन्दोलनबाट प्रााप्त अधिकारलाई निषेध गर्दै पछाडि फर्केका छन । यो प्रतिक्रान्तिकारी कदम हो । यसको व्यापक भण्डारफोर गर्छौं ।’

प्रेस विज्ञप्तिको पूर्णपाठ

हाम्रो गौरवशाली पार्टी तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) का प्चण्ड समुह र नेकपा (एमाले) को भर्खरै पार्टी एकता प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । स्वभाविक रुपमा पार्टी एकता आफैमा गलत हैन तर पार्टी एकता निश्चित विधि र सिद्धान्तको आधारमा हुने गर्छ । कुनै पनि एकतामा जब कुनै एक पक्षलाई गम्भिर आत्मसमर्पण गराइन्छ, त्यो एकता नभएर विलय हुन्छ । खास गरी माओवाद मान्नेहरुलाई जव सैद्धान्तिक र नैतिक रुपमै आत्मासमर्पण वा विलय गराइन्छ, त्यसलाई विश्व कम्युनिष्ट आन्दोलनमा क. माओले गर्नु भएको योगदानको घोर अपमान भएको बुझिन्छ र माओवादी केन्द्रबाट चालिएको उक्त कदम घोर दक्षिणपन्थी र आत्मासमर्पणवाद एवं मिलेरावाद हो ।

पार्टी एकता वास्तविक रुपमा लोकतान्त्रिक पद्धतिबाट हल गर्नु पर्ने हो, तर पार्टी एकताको प्रवृत्ति हेर्दा यो सामन्तवादी, अलोकतान्त्रिक, अति नोकरसाही, निरंकुश तथा एकाधिकार चरित्रको भएको स्पष्ट छ । अनेकौ जालझेल र षडयन्त्रबाट गरिएको एकताले निकट भविश्यमा माओवादिहरुको आल्मासमर्पण बाहेक अरु कही हुने दखिदैन । नेतृत्व पंक्तिले कार्यकर्ता माझमा तेर्सिएक तमाम प्रश्नहरु (जस्तै ः माओवाद मान्नेबारे जवज र एक्काइसौँ शताब्दीको जनवाद को बहस बारे जनयुद्धकोउच्च समन बारे) हलै नगरी असाध्यै अपरझट र कुनै कालखण्डमा निश्चित स्वार्थका ल ागि गरिुएको यो एकता नेपाली नेताहरुको व्यक्तिगत स्वार्थ त छ नै तर यसमा दीर्घकालिन विदेशी स्वार्थले निकै ठुलो काम गरेको हाम्रो ठहर हो । षडयन्त्रपूर्ण प्रवृत्तिले टुँगाइएको एकता प्रति गम्भिर आशंका पैदा भएको छ । यो एकतामा कही कतै माक्र्सवाद र जनवादको प्रयोग भएको दखिँदैन् । यसकाण पनि यो एकतालाई हामीले दक्षिणपन्थी आल्मासमर्पणवाद भन्दै आएका छौ ।

२०७५ साल जेष्ठ ३ पार्टी एकता पछि तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यहरु केन्द्रिय आयोजक कमिटि सदस्यहरु बसेर केही छलफलहरु ग्रियो र जेठ १० गते बसेको बैठकले लिएका ऐतिहाहसिक निर्णहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१. तत्कालिन माओवादी केन्द्रको प्रचण्ड समुहको एमाले सँगको विलयपछि पार्टी पुनर्गठन गरियो । पुनर्गठन पार्टिको नाम नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) रहने निर्णय लिइयो ।

२. पनुर्ग्ठिन पार्टि नेकपा (माओवादी) ले आगामी मंसिर २८ र २९ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने निर्णय लियो । तत्कालिन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्यहरु, केही आयोजक कमिटी सदस्यहरु र केही प्रदेश कमिटि सदस्यहरु रहेको र सल्लाहकार कमरेडहरु रहेको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो । आयोजक समितिको संयोजकमा क. विमल अधिकारी (समुन्द्र) पार्टी प्रवक्तामा क. लक्ष्मण पोखरेल (विशाल) लाई निर्वा्चित गरियो । साथै हाललाई ५१ जना सदस्य रहने गरि राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइयो ।

३. पुनर्ग्ठित नेकपा (माओवादी) लाई प्रदेश जिल्ला, नगरपालिका, गाँउपालिका, इलाका र सेल सम्म पुनर्गठन गर्ने र व्यवस्थित परिचालन गर्ने निर्णय भयो ।

४. सबै जन वर्गीय संगठनहरु युवा, विद्यार्थी, मजदुर, किसान, जनजाति, दलित, महिला र्सास्कृतिक तथा सबै राष्ट्रिय मुक्ति मोर्चा निर्माण गर्ने र यथोचित साथ दिने आग्रह गर्ने निर्णय गरियो ।

५. सबै खालका विदेशी हस्तक्षेप एवं अतिक्रमण विशेषतः भारतीय विस्तारवादद्वारा नेपालका राजनैतिक, आर्थिक, सांस्कृतिक, प्रशासनिक, जलस्रोत आदिमा गरिएको हस्तक्षेपका सशक्त प्रतिरोध गर्ने ।

६. नेकपा र नेपाली कांग्रेसको विदेशी शक्तिको आड र उक्साहटमा निर्वाह गरेको भूमिकाको कारण नेपाली जनताले पुनः ठुलो मुल्य चुकाउनु पर्ने परिस्थिति सृजना हुँदै गएको छ । संसदवादी दलहरु जनयुद्ध र जनआन्दोलन बाट प्रााप्त अधिकारलाई निषेध गर्दै पछाडि फर्केका छन । यो प्रतिक्रान्तिकारी कदम हो । यसको व्यापक भण्डारफोर गर्ने ।

७. दक्षिण पन्थी समपर्णवाद विरुद्ध डटेर सामाना गर्ने निर्णय गरियो । पश्चिमा साम्राज्यवादको आडमा हुर्किरहेको दलाल पुँजीवाद विरुद्ध दरिलो वैचारिक संघर्ष गर्ने निर्णय गरियो ।

८. माओवाद मान्ने र जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्नका अग्रसर भएका पार्टीहरु सँग बैचारिक छलफल गर्दै कार्यगत एकताको बाटोमा अग्रसर हुने र पार्टी एकता सम्म जाने भन्ने निर्णय गरियो ।

९. क्रान्ति बाँकी कार्यभार पुरा गर्नको लागि इतिहासको यो जिम्मेवारी जस्तो सुकै परिस्थितिमा पनि निकै गम्भिरताका साथ बहन गर्ने निर्णय गरियो ।

१०. नेपाली सीमामा हुने गरेको भारतीय ज्यादती प्रति सत्तासिन नेपाली राजनैतिक दलहरुको उदासीनता र कुनै कर्तव्यबोध गर्न नसकेको अवस्था छ । पटक–पटक पिल्सिएर आफ्ना सिमाहरु गुमाउँदा पनि कत्ति पनि सरोकार नराख्ने सत्ताधारी एवं संसदवादी दलहरुको घोर भण्डारफोर गर्ने नीति अख्तियार गरिएको छ ।

११. भारतीय लगानीका नाउँमा नेपालका ठूला–ठूला जलस्रोतहरु ठूला बजेटका परियोजनाहरु माथि जुन एकाधिकार कब्जा गर्ने नीति छ र राष्ट्रिय पुँजीलाई निरुत्साहित गरी विदेशी पुँजी र लगानीलाई यो सरकारले जुन ढङ्गले बढावा दिँदै आएको छ, यो गम्भिर आत्मघाति कदम हो । यसका डटेर सामना गर्ने निर्णय गरियो ।

१२. भारतले नेपालमा लगाएको नाकाबन्दीको सम्पूर्ण रुपमा बेवास्ता गरी पछिल्लो पटक नेपाल सरकारले जुन ढङ्गले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई लम्पसारवादी प्रवृत्तिले स्वागत गरेको छ । यसलाई हाम्रो पार्टीले निकै अर्थपूर्ण रुपमा हेरेको छ । अझ प्रदेश २ मा त्यहाँको मुख्य मन्त्रीको अभिव्यक्ति र नेपालको अस्मितालाई नै धावा बोल्न गरी नेपाली राष्ट्रिय झण्डाको जुन अपमान भएको छ यो अत्यन्तै सुनियोजित र षडयन्त्रपूर्ण छ । यस्तो प्रवृृत्तिको डटेर सामना गर्ने निर्णय गरिएको छ । त्यस्तै अरुण तेस्रोमा जुन राष्ट्रघात भएको छ, त्यसको खारेजीको माग सहित अघि बढ्नुको कुनै विकल्प छैन् ।

१३. भारतको १९५० को असमान सन्धि र त्यसपछिका तमाम गोप्य तथा नेपालको हित विपरित सहमतिहरुको जगमा टेकेर पीटीए पीडीए लगायत नेपालका जमीन, जङ्गल, जल, खनिज लगायतका प्राकृतिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । १९५० लगाएत सबै प्रकृया तत्कालि खारेज गरियोस भन्ने हाम्रो पार्टि चाहान्छ ।

१४. हामी शान्ति चाहान्छौ, स्वाधीनता चाहान्छौ, परिवर्तन र समृद्धि चाहान्छौ, हामी स्वाधिनताको अधिकार बाहेकक अरु कुनै स्वार्थको सर्त र आवश्यकता मान्य छैन् । हाम्रो यो अभियानमा देशभक्त, वामपन्थी, प्रगतिशील, मजदुर, किसान, जनजाति, दलित, महिला, युवा सबैले सहयोग पु¥याइदिनु हुनेछ भन्ने विशेक्ष् आग्रह गर्दछौ ।

पार्टी पुर्नगठनको घोषणा, आगामी मंसिर २८ र २९ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने, पूर्नगठित नेकपा (माओवादी) लाई जिल्ला, प्रदेश, गाँउपालिका लागि जारि गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here