नेपाली जनवादी क्रान्तिको दुःखद अन्त्य

189

हुकुमबहादुर सिंह
२०६२/०६३को आन्दोलनको सफलताले माओवादी जनयुद्धलाई र सर्वहारावर्गीय क्रान्तिलाई हारमा बदलिदिएको छ । यद्यपि जनतन्त्रको पक्षमा केही पु“जीवादी सुधारात्मक परिवर्तनहरूजस्तै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता आदि भएका छन् । २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नाममा नेपालमा देखिएको पोष्टर, जसमा लेखिएको थियो, ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नया“ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं । विद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद ।’ काठमाडौंलगायत नेपालका सबैजसो ठाउ“मा नेपाली जनताले यो पोष्टर हेरेका थिए । तत्कालीन समयमा नेपाली जनताका माझमा यसले एउटा तरंग ल्याएर आएको थियो । यति महान् लक्ष्य र उद्देश्य लिएको जनयुद्धका कमाण्डरले आखिरमा पु“जीवादी संशदीय व्यवस्थाभित्रका सीमित उपलब्धिहरूलाई नै महान् उपलब्धि मानेर त्यसमै रमाउन किन थाले ? उक्त जनयुद्धका कमाण्डरद्वय प्रचण्ड र बाबुरामले त्यो जनयुद्ध यही पु“जीवादी गणतन्त्रात्मक व्यवस्थाका लागि लडिएको थियो भनेर नेपाल र विश्व सर्वहारावर्गका अगाडि अहिले किन झुट बोलिरहेका छन् ? यी प्रश्नहरू अझै अनुत्तरित छन् ।

 

यो सही हो कि १० वर्से जनयुद्धले नेपालको शाहवंशीय राजतन्त्रशासनका धेरै जगहरूलाई हल्लाइदियो । यसले एक दशकको छोटो समयको अन्तरालमा, मजदुर वर्ग र किसानलाई एउटा बहुमूल्य राजनीतिक शिक्षा पनि दियो । यो अवधि पनि थियो जब माओवादीहरूले सर्वहाराको रणनीतिहरू र कार्यनीतिहरू सम्बन्धमा उनीहरूको क्रान्तिकारी बुझाइको आधारभूत सच्याइलाई व्यवहारमा सिद्ध गर्ने कोशिस गरे । तर यो क्रान्तिको कोर्षको दौरानमा एउटा कमजोरी स्पष्ट बाहिर आएको थियो, त्यो भनेको माओवादीहरूको क्रान्तिको मित्रहरू र शत्रुहरू र संघर्षका रूपहरू र संगठनका रूपहरू सम्बन्धी बुझाइ जनताको स्तरमा दृढतापूर्वक स्थापित गर्न असफल रहे । तर माओवादीहरूले क्रान्तिको दौरानमा क्रान्तिबारे र त्यसको नेतृत्व कसले लिने भन्नेमा एउटा सही बुझाइ थियो, त्यो भनेको सर्वहाराले क्रान्तिको नेतृत्वका लागि पु“जीपतिमाथि भर पर्न सक्दैन र क्रान्तिको नेतृत्व आफैले लिनु पर्दछ । यो नै क्रान्तिकारी आधार थियो, जुनमा ओवादीहरूले क्रान्तिको सबै अन्य रणनीतिक र कार्यनीतिक प्रश्नहरूमाथिको उनीहरूको बुझाइको विकास गरेका थिए । यसरी माओवादीहरूले क्रान्तिको विस्तारका लागि र सशस्त्र विद्रोहमार्फत राजतन्त्रलाई फ्याक्न आह्वान गरेका थिए । भारतीय विस्तारवाद र अन्य साम्राज्यवादीहरूले एउटा शान्तिपूर्ण फ्रेमवर्कभित्र क्रान्तिलाई नियन्त्रणमा राख्ने कोशिस गरेका थिए र परिणाम दिल्लीको १२बू“दे सम्झौतामार्फत नेपालमा संसदीय व्यवस्थालाई बलियो बनाउने जाने रणनीतिमा माओवादीको उच्च नेतृत्वले सहमति ग¥यो । अहिले आएर त नेपालमा संसदीय व्यवस्थालाई संस्थागत गर्दै आएको नेकपा (एमाले)सित पार्टी एकता गरेर सदाका लागि नेपालको सर्वहारावर्गलाई धोका दिन पुगेको छ । इतिहासका सफल क्रान्तिलाई हेर्ने हो भने लेनिनद्वारा प्रस्तुत गरिएका निम्न आधारभूत कार्यनीतिक सिद्धान्तहरू जो पछिल्ला अवधिका दौरान बोल्सेविक प्राक्टीसका लागि आधार बनेका थिए । यसले अन्त्यमा १९१७ अक्टोबर क्रान्तिको विजय प्राप्त ग¥यो र पहिलो मजदुरहरूको राज्य स्थापना ग¥यो ।

 

१. लेनिनका सबै लेखहरूमार्फत प्रवाह भएका प्रमुख कार्यनीतिक सिद्धान्त यो थियो कि सर्वहारा पु“जीवादी प्रजातान्त्रिक क्रान्तिको नेता बन्न सक्छ र बन्नु पर्दछ । यो काम गर्नका लागि दुईवटा अवस्थाहरू आवश्यक थिए । पहिलो, सर्वहाराका लागि एउटा मित्र हुनु आवश्यक थियो जसले जारशाहीमाथि एउटा निर्णायक विजयमा इच्छुक थियो र जसले सर्वहाराको नेतृत्व स्वीकार गर्न इच्छुक हुन सक्दथ्यो । लेनिनले विचार गर्नु भएको थियो कि किसान यस्तो एउटा मित्र थियो । दोस्रो, यो आवश्यक थियो कि त्यो वर्ग जसले क्रान्तिकोे नेतृत्वका लागि सर्वहारासित लडिरहेको थियो र यसको पूर्ण नेता बन्नलाई कोशिस गरिरहेको थियो, नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर बलजफ्ती फ्याँकिएको थियो र एक्लो बनाइयो । लेनिनले बुझ्नु भयो कि उदार पु“जीपति एउटा यस्तो वर्ग थियो । यसरी सर्वहाराको नेतृत्वको लेनिनको प्रमुख कार्यनीतिक सिद्धान्तको सारतत्वको अर्थ त्यही समयमा किसानसितको मित्रताको नीति र उदार पु“जीपतिलाई एक्ल्याउनेको नीति ।
२.संघर्षका र संगठनका रूपहरूको सन्दर्भमा, लेनिनले सोंच्नु भयो कि जारशाहीको अन्त्य र जनतान्त्रिक गणतन्त्रको प्राप्तिका लागि प्रभावकारी तरिकाहरू एउटा विजयी जनताको सशस्त्र विद्रोह थियो । यसलाई प्राप्त गर्नका लागि लेनिनले मजदुरहरूको सशस्त्रीकरण र मास राजनीतिक हडतालहरूका लागि आह्वान गर्नु भयो ।

 

उहा“ले ८ घण्टाको कार्य दिन र अधिकारीहरू र कानुनलाई नजरअन्दाज गर्दै एउटा क्रान्तिकारी तरिकामा मजदुर वर्गका अन्य तात्कालिन मागहरू प्राप्तिका लागि आह्वान पनि गर्नु भयो । त्यसैगरी उहा“ले परिवर्तनका लागि जस्तै एउटा क्रान्तिकारी तरिकाले जमिन खोस्न क्रान्तिकारी किसान समितिहरूको गठनका लागि आह्वान गर्नु भयो । अधिकारीहरूलाई अनादरका यी कार्यनीतिहरूले जारको राज्य संयन्त्रलाई प्यारलाइज ग¥यो र जन समूहको पहकदमी बढायो । यसले शहरहरूमा क्रान्तिकारी हडताल समितिहरू र गाउ“ क्षेत्रमा क्रान्तिकारी किसान समितिहरू गठन ग¥यो, जुन पछि मजदुर डेपुटिजहरूका सोवियतहरूमा र किसान डेपुटिजहरूका सोवियतहरूमा विकास गरे ।
३. लेनिनले अझ जोड दिएर भन्नु भयो कि क्रान्ति पु“जीवादी क्रान्तिको विजयपछि र प्रजातान्त्रिक गणतन्त्रको प्राप्तिपछि रोकिनु हु“दैन । उहा“ले प्रस्ताव गर्नु भयो कि क्रान्तिकारी पार्टीको कर्तव्य पु“जीवादी क्रान्तिलाई समाजवादी क्रान्तितर्फ अगाडि बढाउन हरसम्भव उपायहहरू गर्नु पर्दछ । उहा“ले यसरी माक्र्सको निरन्तर क्रान्तिको अवधारणालाई ठोस आकार दिनु भयो ।

 

तर नेपालमा प्रचण्डले भने रुसको क्रान्तिमा माथि उल्लेखित क्रान्तिबारे लेनिनका प्रमुख कार्यनीतिक सिद्धान्तहरूमध्ये कुनै एक पनि अपनाउने काम गरेनन् । बरु उनले नेपाली जनवादीक्रान्तिको दुःखद अन्त्यका लागि नकारात्मक पहलकदमी लिँदै गएका छन् । नेकपा(एमाले)सितको एकता उनको त्यसतर्फको पछिल्लो सर्वहारावर्गीय क्रान्तिविरुद्धको हर्कत हो । यी र यस्तै हर्कतद्वारा उनी नेपाली जनवादी क्रान्तिको दुःखद अन्त्य गर्न सफल भएका छन् । यसबाट उनको बचेखु“चेको क्रान्तिकारी इतिहासको पनि अन्त्य भएको छ ।  [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here