नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद जोगियो

233

काठमाडौं । सचेत गराउने निर्णय सहित मन्त्रिपरिषदले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद जोगाइदिएको छ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिए पनि कामिनीको पद सुधार गर्ने सर्त सहित जोगाइएको हो ।
कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेसँगै मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ । योसँगै उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ ।

तर, उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्तनामा गराइएको स्रोतले जनाएको छ । एकपटक उनलाई मौका दिने निर्णय भएको छ स्रोतले जानकारी दिएको छ ।

उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयााले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेकोमा मन्त्रिपरिषद्मा स्पष्टिकरण मागिएको स्रोतले जनाएको छ । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्दै स्पष्टिकरण सोधिएको थियो ।

राजभण्डारीलाई बर्खास्त गर्ने योजना सञ्चार मन्त्रालयले बनाइसकेको थियो । तर, स्पष्टिकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउँबाट दबाब समेत आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाा सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here