सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

267

काठमाडौं । सशस्त्र प्रहरी बलले कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल मुख्यालयको नीति निर्देशनअनुसार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले सुरु गरेको हो । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको खुलासा गरेका छन् ।
हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रूपमा गस्ती गरिने जनले जनाए । गत आइतबारदेखि बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म फोर्स मार्च पुग्ने जनाइएको छ । ‘पहुँच नभएको ठाउँमा हामी राति बसेर पनि गस्ती गर्छौं,’ उपरीक्षक श्रेष्ठ जनाए, यो गस्ती निकै प्रभावकारी हुनेमा आशावादी रहेको पनि उनले जनाए ।

 

हाल कञ्चनपुरमा दुईवटा सशस्त्र प्रहरीको सीमा क्षेत्रमा बोर्डर सुरक्षा पोष्ट रहेको छ । महाकाली नगरपालिकाको दोधारा–चादँनी र बेलौरीमा बोर्डर सुरक्षा पोष्ट रहेपनि यहाँको बेल्डाँडी र ब्रह्मदेव क्षेत्रका साथै पुनर्वासमा समेत सशस्त्र प्रहरीको पोष्ट स्थानीयवासीले माग गर्दै आएका छन् । नेपाल–भारत सीमाक्षेत्रमा भारततर्फ सुरक्षाको बाक्लो सहभागिता रहे पनि नेपालतर्फ सुरक्षाको कुनै व्यवस्था भएको थिएन । भारतले पटक–पटक सीमा अतिक्रमण गरिरहने र नेपाली सीमा क्षेत्रमा आफ्नो सैन्य क्याम्पलगायतका गतिविधि गरिरहने गर्दा पनि यसअघि यस्तो खालको सुरक्षा चासो नेपालका तर्पmबाट देखाइएको थिएन ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here