भिडियो सहितको खेलकुद गीत ९ गते सार्वजनिक हुदै

267

काठमाडौं / डा. खगेन्द्र स्पोर्टस फाउन्डेसनले ओलम्पिक डे (जुन २३) को अवसर पारेर खेलकुद गीत सार्वजनिक गर्ने भएको छ ।

खेलकुदप्रति जागरण र अभिरुचि बढाउनका लागि खेलसम्बन्धी गीत तयार गरिएको फाउन्डेनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठले जानकारी गराउनु भएको छ । उहाँले खेलकुद सम्बन्धी विषय बनाएर रचिएका तीन ओटा गीतहरु खेलाडीलाई उर्जा प्रदान गर्ने जनाउनु भएको छ । डा. श्रेष्ठका अनुसार यी गीतहरुले नेपाली खेलाडीसहित सर्वसाधारणलाई खेलकुदप्रति लगाव बढाउन महत्वपूर्ण सहयोग गर्ने छ ।

यही आउँदो असार ९ गते एक कार्यक्रमबीच उक्त गीतको सार्वजनिक गरिने कार्यक्रम रहेको छ । गीतको बोल ‘मेचीदेखि कालीसम्म खेलमैदान हाम्रो, उदास उदास बस्नुभन्दा खेल्नु धेरै राम्रो’, ‘मनमस्तिष्क शरीरको उत्तम माध्यम खेल हो, खेलबाहिर बस्नु झेल हो’ भन्ने रहेका छन् । अध्यक्ष डा. श्रेष्ठले आफू खेलाडी हुँदाको अनुभव सुनाउँदै संगीतको माध्यमले खेलाडी र खेलप्रेमीलाई ऊर्जा थप्ने जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here