ईयूको कालोसूचीबाट नेपाल ३ महिनाभित्र हट्ने

154

काठमाडौं । नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघले हटाएको छ । अबको तीन महिनाभित्र युरोपियन युनियनको सूचीबाट पनि हट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रबीन्द्र अधिकारीले जानकारी दिएका छन् ।

 

मन्त्री अधिकारीका अनुसार आईकाओले हालै मात्र नेपालले गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीबाट हटाएको हो ।

उडान सुरक्षा मापदण्ड ६० भन्दा तल भएकालाई यस्तो सूचीमा राखिन्छ । नेपालको सुरक्षा मापदण्ड ५५ मात्र थियो । त्यसैले २०१३ देखि आईकाओले नेपाललाई गम्भीर सुरक्षा चासो भएको मुलुकको सूचीमा राखेको थियो ।

 

त्यस्तै, नेपालको उडान सुरक्षा मापदण्ड ६६.०८ पुगेको मन्त्री अधिकारीले संसदलाई जानकारी दिएका छन् ।

उनका अनुसार युरोपियन युनियनलाई पनि गम्भीर सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरिएको छ । यसका लागि उसले सेप्टेम्बरमा टोली पठाउनेछ ।

 

मन्त्री अधिकारीले भने, ‘हामीलाई विश्वास छ, अबको ३ महिनाभित्र हट्नेछ । आईकाओले नै हटाइसकेपछि इर्यूले राखिराख्नुको कुनै औचित्य रहँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here