आर्यन र साम्राज्ञीको ’कायरा’ ट्रेलर रिलिज

124

काठमाडौं । आर्यन र साम्राज्ञी अभिनित ’कायरा’को ट्रेलर रिलिज भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा फिल्ममा मुख्य दुई कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई केन्द्रित गरिएको छ । म्युजिकल लभ स्टोरी फिल्म कायराको ट्रेलरमा प्रेम, रोमान्स, बिछोडलाई देखाइएको छ । साउन १८ बाट प्रदर्शनमा आउने फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका र लेखन पनि लक्ष्मणकै रहेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

 

फिल्ममा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठलगायतको अभिनय रहेको छ । लक्ष्मण रिजालको लगानी रहेको फिल्ममा दिनेश थापा र दिवश पराजुली सह–निर्माताका रुपमा रहेका छन् । आर्यन सिग्देलको प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल, कल्याण सिंह र कोशिस क्षेत्रीको संगीत, प्रविण सिंहको नृत्य निर्देशन रहेको छ । शिवराम श्रेष्ठले खिचेको फिल्मलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here