काठमाडौं, ६ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्।
अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताए थिए । साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेका थिए । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर डा केसी २३ दिनको आमरण अनशनमा छन् ।