अमेरिकी राजदुतले यस्तो भनिन गृहमन्त्री बादलसंग

109

अमेरिकाकी राजदूत अलाइन टेप्लिजले नेपालका लागि अमेरिकी नागरिकहरुबाट लिइने प्रवेशाज्ञा शुल्क पुनरावलोकनका लागि नेपाल सरकारलाई ध्यानाकर्षण गराएकी छिन् ।

गृहमन्त्री रामबहादुर थापा (बादल)सँग बुधबार शिष्टाचार भेट गरी राजदूत अलाइनले प्रवेशाज्ञा शुल्क पुनरावलोकनको जिज्ञासा राख्दै नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पारेकी छन् ।

मन्त्री थापाले जवाफमा ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए।

भेटका क्रममा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको जनाइएको छ ।

राजदूत अलाइनले विदाइ भेटमा १३ दिनपछि कार्यकाल सम्पन्न गरेर अमेरिका र्फकन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here