नेकपामा उमेर हद हटाउन गौतमको भूमिका छैन

105

काठमाडौँ, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यानबाट उमेर हद हटाउन केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको कुनै भूमिका नरहेको बताइएको छ ।

नेता गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुवै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको जनाएका छन् ।
तत्कालीन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउनका लागि सचिवालय सदस्य गौतमको भूमिका नरहेको र पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उनले प्रस्तुत नगरेको विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here