प्रसाइलाई किन कारबाही भएन

98

कसैको गालीबेइज्जती गरे के हुन्छ ? कानुन भन्छ, ‘मुद्दा चल्छ र सजाय हुन्छ ।’ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसो गरे उसको पद नै जान्छ । जस्तो कि भर्खरै कानुनमन्त्री शेरबहादुर तामाङ राजीनामा दिन बाध्य भए । उनले एउटा समूहका चेलीहरूलाई औंल्याएर दिएको मन्तव्य रातारात सामाजिक सञ्जालमा भाइरल भयो ।

आलोचना बढेपछि मन्त्री तामाङले क्षमायाचना पनि गरेका थिए। तापनि प्रधानमन्त्री केपी ओलीले उनलाई राजीनामा गर्न लगाए। भूलबसै सही, कसैको मर्ममा प्रहार हुने गरी बोलेबापत तामाङले एक ढंगको कारबाही भोगेका छन्। तर यही कुरो उनले भन्दा चर्को स्वरले र पहिले भनेका थिए मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले। भक्तपुरमा प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएका उनले चेलीहरूको सामूहिक रूपमा हुर्मत लिने काम मात्रै गरेका होइनन्, चिकित्सा क्षेत्रको बेथिति सुधार्न पन्ध्रौं सत्याग्रहमा होमिएका डा. गोविन्द केसीलाई मर्न दिऊँसमेत पनि भने। उनका यी दुवै भिडियो टवीटर, फेसबुक र युट्युबमा भाइरल हुन पुगे।

तीनै सञ्जालमा थुप्रै व्यक्तिले प्रसाईंलाई कारबाही माग राखी हेलो सरकारलाई मेन्सन गर्दै टवीटसमेत गरे। तर न सरकारले कुनै कारबाही गरेको छ न त उनीविरुद्ध कतै उजुरी परेको छ। कान्तिपुरबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here