प्रदर्शनको संघारमा फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक्यो

205

अपहरण र सुन तस्करीको कथा उठान गरिएको हुँदा फिल्मलाई सेन्सर बोर्डले फिल्म ‘झमक बहादुर’ लाई सेन्सर बोर्डले रोक लगाएको छ ।

दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भइरहेको यस फिल्मको गीत र ट्रेलर सार्वजनिक भइसकेका छन् । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सेन्सर बोर्डले रोकेसँगै निर्माण टिम ठूलो झट्का लागेको छ ।

फिल्मलाई सेन्सर बोर्डले रोकेसँगै प्रदर्शन अन्यौलमा परेको छ । अनुप विक्रम शाही, यादब देपकोटा ९सरापे०, राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।

पवन गौतमले खिचेका यो फिल्ममा राजु किरात राईको द्वन्द्व रहेको छ भने फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह(निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here