धारा ८ हटाए ग्रेटर नेपालले हतियार उठाउने

308

नेपाल र भारत बीच शान्ति तथा मैत्री सन्धि भएको ६९ औं वर्ष प्रवेशका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज अपरान्ह ४ः३० बजे माइतीघर मण्डलामा ग्रेटर नेपालको नक्सा अंकित ब्यानर प्रदर्शन गरेको छ ।

नेपाल र भारत बीच सन् १९५० जुलाई ३१ तारिखका दिन शान्ति तथा मैत्री सन्धि भएको थियो । उक्त सन्धिको घारा ८ ले नेपाल र बेलायत बीच भएको सुगौली सन्धि रद्द गरेको र धारा १ ले टिस्टादेखि सतलजसम्म नेपालको क्षेत्रीय अखण्डता कायम गरेको तर नेपाल र भारतले सन्धिको कार्यान्वयन नगरेका हुँदा उक्त सन्धिको धारा १ र ८ को अक्षरशः कार्यान्वयनको माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आजको दिन पारेर ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाल र भारत दुबैले उक्त सन्धिको धारा १ र ८ को कार्यान्वयन तत्काल गर्नुपर्ने माग गरे । उनले ‘नेपाल–भारत प्रबुद्ध समूहले यदि धारा ८ को प्रावधान हटाएको पाइए त्यसले ग्रेटर नेपाल प्राप्तिका लागि हतियार उठाउने बाटो खोल्नेछ’ भनी नेपाल र भारत दुबै देशका सरकारलाई चेतावनी दिए । कार्यक्रमलाई पत्रकार निमकान्त पाण्डेले पनि सम्बोधन गरेका थिए ।

नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० को पुर्ण पाठ (सन् १९५० जुलाई ३१)
१.नेपाल सरकार र भारत सरकार का बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।
२.कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुइ सरकारको बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।
३.कर्मचारी वर्गहरुसहित प्रतिनिधिहरुद्वरा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदुत स्तरिय राख्न मन्जुर गर्छ ।
४.दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मन्जुर भएका शहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।
५.नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, कल-पूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अपिधकार छ । दुइ सरकारले परस्परमा सल्लाह गरी यो बन्दोबस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।
६.भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धि रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छ ।
७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।
८.जहा यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकार पत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।
९.हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।
१०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धि पत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here