प्रधानमन्त्री ओलीबाट लोकप्रिय कामका नौ बुँदे निर्देशन जारी

469

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो कार्यशैली विरुद्ध व्यापक आलोचनात्मक टिकाटिप्पणी हुन थालेपछि बल्ल राम्रा कामको थालनी गरेका छन् । विगत पाँच महिनाको अवधीमा गरिएका कामहरुबाट जनतामा सँतुष्टि नदेखिएपछि ओलीले आफ्नै कार्यलयमा विभिन्न मन्त्रीहरुलाई बोलाएर सामुहिक रुपमा नौ बुँदे निर्देशन जारी गरेका छन्।

स्वाभिमान डटकम अनलाइनलाई प्राप्त प्रधानमन्त्री कार्यलयको प्रेस विज्ञप्तीमा जनाइए अनुसार प्रत्रानमन्त्रीबाट निर्देशन पाउनेहरुमा गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ , सहरी विकास मन्त्री इश्तियाक राई , खानेपानी मन्त्री बिना मगर , सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा लगायत प्रधानमन्त्रीका सल्लाहाकारहरु विष्णु रिमाल, डा कुन्दन अर्याल र डा राजन भट्टराई समेतको उपस्थिति रहेको जनाइएको छ । सो क्रममा विभिन्न मन्त्रालयका सचिवहरु , विभागिय प्रमुखहरु, महानिर्देशकहरु , काठमाडौं उपत्यका विकास प्राधिकारणका आयुक्त भाईकाजी तिवारी, नेपाल टेलिकमका प्रमुख कामिनी राजभण्डारी लगायतको उपस्थिति रहेको जनाइएको छ ।

प्रधानमन्त्रीले जारी गरेको निर्देशनमा नौ बुँदा रहेका छन् ।

१ उपत्यकाका प्रमुख सडकका खाल्डा खुल्डी पूर्ने , मुख्य सडकहरुमा सडकबत्तिको व्यवस्था गर्ने र सडकमा सडक संकेतको व्यवस्था मिलाउने
२ कलंकी-नागढुङा , चावाहिल-जोरपपाटी सडक कालोपत्रे र कोरिडोरका सडकहरुको निर्माण तथा मर्मत तथा सम्भार भदौ १५ भित्र गर्ने
३ मेलम्ची खानेपानीका पाइपलाइन बिच्छयाउने र पानी वितरण गर्ने काम सम्पन्न गर्ने
४ सडक निर्माणमा अवरोध भएका विद्युतका पोलहरु आजका मितिदेखि सात दिनभित्र हटाई नयाँ पोल राखिसक्ने
५ सडक निर्माणमा अवरोध भइरहेका टेलिफोनका तारहरु आजैका मितिदेखि सात दिनभित्र सम्भव भएसम्म अण्डरग्राउण्ड गर्ने
६ विद्युत, टेलिफोन, खानेपानी , ढलनिकास , सडक , सहरी विकास एक सहरी सौन्दर्यका काम संगसंगै एकीकृतरुपमा र समन्वयात्मक तवरले अगाडि बढाउने
७ तत्काललाई काठमाडौं उपत्यकाका भित्रका काममा बैठकमा उपस्थित सबैले र मन्त्रीहरुले संयोजन गर्ने निर्देशन छ ।
८ ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिक्तामा राख्ने
९ काठमाडौं उपत्यकाको व्यवस्थित सहरी विकास , पूर्वाधारयुक्त सडक निर्माण, ऐतिहासिक सम्पदाहरुको संरक्षण , तारविहिन उपत्यका , अत्यन्त उच्च ट्राफिक चाप भएका स्थानमा सव वे र फ्लाई ओभरको व्यवस्था , उपत्यकाका सम्पूर्ण भित्रि एंव बाहिरि सडकमा सडकबत्ति , सडक कालोपत्रे, हरियाली वातावरणसहितको सहरी सौन्दर्यका कामहरु एकीकृत र समन्वयात्मक तवरले अगाडि बढाइ आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने ।

यो नौं बुँदे निर्देशनपछि काम नगर्नेहरुप्रति सरकारको रवैया कस्तो हुने हो ?    आगामी दिनहरुमा स्पष्ट हुँदै जाने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here