ओली सरकारविरुद्ध चलखेलको संकेत

96

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतका शासकहरूसँग जतिसुकै निकटतम सम्बन्धको प्रयास गरे पनि असफल हुने स्थिति विकसित भएर गएको छ । सर्वाधिक बहुमतको सरकारको नेतृत्व गरिरहेका केपी ओली माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दा दुवै अध्यक्षले आलोपालो प्रधानमन्त्री चलाउने समझदारी बनाएको आधारमा ओलीविरुद्ध चलखेल सुरु भएको बुझ्न सकिन्छ । भारतीय शासकहरूले ओलीविरुद्ध प्रचण्डलाई सक्रिय बनाउन खोजेको देखिन्छ । ओलीबाट हुन नसकेका काम पनि प्रचण्डबाट गराउन सकिने विश्वास भारत पक्षले लिएको विश्लेषकहरूले दावी गर्न थालेका छन् । पछिल्लो चरणमा भारतको अगुवाइमा काठमाडौंको याक एण्ड यति होटलमै एउटा वृहत गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा प्रचण्डको उपस्थिति विशेष आकर्षक बनेको थियो । सो गोष्ठी सम्पन्न भएलगत्तै प्रचण्डलाई भारत भ्रमणको निम्तो आइपुगेको छ । प्रचण्ड सम्भवतः यही साताभित्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

प्रचण्डको भारत भ्रमणलाई सन्तुलनमा राख्न प्रचण्ड निकट सञ्चारमाध्यमहरूले प्रचण्डको चीन भ्रमणलाई पनि महत्वका साथ प्रचारमा ल्याएका छन् । प्रचण्ड पहिले चीन जाने कि भारत ? भन्ने जस्ता प्रश्न उठाएर दुवै छिमेकी देशबाट प्रचण्डलाई निम्तो आएको प्रचार गरिएको छ । प्राप्त जानकारीअनुसार प्रचण्डलाई भारतबाट भ्रमणको निम्तो आएकाले चीनतर्पmबाट पनि निम्तो आएको छ भन्दै भारत भ्रमणलाई सामान्यीकरण गर्न खोजिएको हो, चीनबाट प्रचण्डलाई औपचारिक निम्तो प्राप्त भएको छैन । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here