नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह

73

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एयरबस उडाउने तर नेपाली विमानलाई युरोप उडान बन्देज लगाउने विषय नसुहाएको भन्दै त्यसमा पुनर्विचार गर्न युरोपेली युनियनलाई आग्रह गरेका छन् ।

युरोपका पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम भ्रमण क्रममा उनले त्यहाँका सरकारी तथा युरोपियन युनियनका अधिकारीलाई त्यस्तो आग्रह गरेका हुन् । उनी १० दिन लामो युरोप यात्रा सकेर बुधबार स्वदेश फर्केका छन् । ‘दुईपक्षीय छलफल तथा गैरआवासीय नेपालीसँगको अन्तक्र्रिया फलदायी भयो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने । उनले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्नसमेत आग्रह गरेको जानकारी दिए । कान्तिपुर दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here