पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक

171

पोखरा/ नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक भएकामा जोड दिइएको छ ।

आचार संहिताको पालना नगरी समाचार सम्प्रेषण गर्दा समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनाएको बताउँदै अन्तरक्रियाका वक्ताहरूले सत्य, तथ्य र विश्वसनीय समाचारले पेशालाई मर्यादित बनाउने जनाए ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले हतारोको पत्रकारिता फस्टाउँदै जानु र खोजी पत्रकारिता हराउँदै जानु चुनौतीका रुपमा देखा परेको जनाउँदै पत्रकारितामा बढ्दै गएको अराजकता अन्त्य गर्नुपर्ने धारणा राखे ।

नेपाल प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले समाज रुपान्तरणका लागि राम्रा सूचना प्रवाह हुनु आवश्यक भएको बताउँदै सञ्चारगृहले पनि पत्रकार आचार संहिताको कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले समाज, राष्ट्र र पेशा प्रतिको दायित्वलाई प्रत्येक सञ्चारकर्मीले बहन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here