कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त, सपथ आजै ४ बजे

305

निवर्तमान कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त हुने भएका छन्।

मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिएको थियो । यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो।नव नियुक्त कानुन मन्त्रीको सपथ ग्रहण आजै ४ बजे हुने तयारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here