नेपाल-भारत व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्ने : प्रधानमन्त्री ओली

48

काठमाडौं/ नेपाल-भारत व्यापारका समस्या तत्काल समाधान गरिने प्रधानमन्त्री केपी ओलीले आश्वासन दिएका छन् । प्रधानमन्त्री ओलीले दुई देशबीचको व्यापार समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने जनाए ।

शनिबार उद्योग संगठन मोरङले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तरक्रियामा उनले भने, ‘विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामूहिक र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्छौं ।’

मोदी नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउने तयारीमा छन् । प्रधानमन्त्री ओलीले व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिवको नेतृत्वमा एक टोली भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको पनि जानकारी दिए ।

नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कर वृद्धि गरेको र दोहोरो-तेहोरो कर लिएको भन्दै आलोचना भइरहेको बेला उनले त्यसो नगरिने प्रस्ट पारे । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here