एनआईसी एसिया बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता

93

काठमाडौं । नेपालका निजि क्षेत्रका सबै भन्दा ठूला बैंकहरु मध्येको दोस्रो ठूलो बैंक एनआईसी एसिया बैंकले सिटिजन लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाबाट सहज रूपमा सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जनाउनु भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २३३ शाखा कार्यालय, २ सय २४ एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १५ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १७४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १५१ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १२१ अर्ब रुपैयाँसहित निजी क्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकका रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here