‘बाँध मायाले’मा आर्यन र अभिनेत्री श्रृष्टीको केमेष्ट्री

211

सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘बाँध मायाले’ असोज ५ गते रिलिज हुँदैछ । चलचित्रको शीर्ष गीतको हालै छायाङ्कन भएको छ ।

 उक्त गीत छायाङ्कन समयमा खिचिएका केही तस्बिरहरू सार्वजनिक भएका छन् । चलचित्रमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टीको केमेष्ट्रीलाई देख्न सकिन्छ । सार्वजनिक तस्बिरमा श्रृष्टि निकै हट देखिएकी छिन् ।

कुलेखानी र राजधानीमा पाँच दिन लगाएर गीतको छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको पहिलो गीत केही दिनमा सार्वजनिक गरिने निर्देशक श्रेष्ठले जनाएका छन् ।

यो चलचित्रलाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

आर्यनको अँगालोमा बाँधिइन् हट सृष्टि (फोटो फिचर)चलचित्रमा आर्यन र श्रृष्टिको अलावा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ ।

आर्यनको अँगालोमा बाँधिइन् हट सृष्टि (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here