उत्पीडित जाति तथा वर्गको मुक्ति कसरी सम्भव छ ?

288

हुकुमबहादुर सिंह
अहिले ओली नेतृत्वको सरकार प्रचण्डको सरसल्लाह र सहयोगमा एकल जातीय अहंकारमा आधारित राज्यसत्ता सञ्चालन गर्दै छ । प्रचण्ड र बाबुरामले समग्र माओवादी आन्दोलनलाई धोका दिएको र त्यसप्रति गद्दारी गरेर संसदीय व्यवस्थामा आत्मसमर्पण गरेपछि आदिवासी जनजातिभित्रका अतिवादी नेताहरू जो आदिवासीको नाममा एनजीओ चलाएर डलरको खेती गर्दै आएकाहरू थिए, अहिले अब हुने आन्दोलन आदिवासीजनजातिकै नेतृत्वमा हुनु पर्दछ भन्न थालेका छन् । राजनीतिक पार्टीहरूले नेतृत्व गरेको आदिवासीजननजातिहरूको आन्दोलनले आदिवासीको मुक्ति सम्भव छैन् भन्न थालेका छन् ।

 

यो सही हो कि विगतको माओवादी आन्दोलनले परिकल्पना गरेको मिथिला, कोचिला, भोजपुरा, लिम्बुवान, तमुवान, नेवा, ताम्सालिङ, मगरात, थारुवान आदि १४ राज्यहरू अहिले हराएर नदीनाला र मन्दिरको नाममा नामाकरण गर्ने कसरत गरिदै छ । अबको आन्दोलनले यी राज्यहरूको खोजी गर्ने किन गर्ने अहम् प्रश्न उब्जिएको छ ।
हुन त माक्र्सवादी–लेनीनवादी–माओवादी आन्दोलनको मूल लक्ष्य तथा उद्देश्य समाजमा विद्यमान सबै प्रकारका शोणण उत्पीडनको अन्त्य हो र त्यसमा नेपालको सन्दर्भमा जातीय उत्पीडनबाट मुक्ति कम्युनिष्टको क्रान्तिको लक्ष्य हो र उनीहरू केमा स्पष्ट छन् भने बर्गीय मुक्ति यसको मूल मेरुदण्ड हो । बर्गीय मुक्ति नभई जातीय उत्पीडनबाट मुक्ति सम्भव छैन र साथै जातीय उत्पीडन नेपालको सन्दर्भमा ज्यादै पेचिलो विषय बनेको छ । त्यसैले उत्पीडित जातिहरूको जातीय पहिचान उनीहरूलाई सरकारका हरेक क्षेत्रमा सहभागी बनाएर यसको सुरुवात हो । विडम्वना केभयो भने आदिवासीआन्दोलनलाई मलजल गर्ने काम इयुजस्ता कम्युनिष्टविरोधीहरूबाट भएको छ । यही इयु हो, जसले आदिवासी आन्दोलनको नाममा यहा“का साम्राज्यवादी तथा भारतीय विस्तारवादी दलालहरूलाई सहयोग गर्ने हो ।

 

माथि उल्लेखित १४ प्रदेश त्यत्तिकै नामाकरण गरिएका होइनन् । यी कैयौ नेपालीहरू खासगरी आदिवासी, महिला, दलित मधेसी आदिको बलिदानको कारण हो । अहिले पनि नेपालका आदिवासीजनजाति त्यही पहिचानको खोजीमा छन् । यो खोजी गर्ने काम यदि सही क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट नेतृत्व भएमा मात्रै सबैखालका उत्पीडित जाति तथा वर्गहरूको मुक्ति सम्भव छ । सबै खालका जातीय उत्पीडन र वर्गीय उत्पीडनबाट मुक्ति आदिवासीजनजातिभित्रका अतिवादी नेताहरू जो आदिवासीको नाममा एनजीओ चलाएर डलरको खेती गर्दै आएकाहरू छन् अहिले अब हुने आन्दोलन आदिवासीजनजातिकै नेतृत्वमा हुनु पर्दछ भन्नेबाट सम्भव छैन । राजनीतिक पार्टीहरूले नेतृत्व गरेको

 

आदिवासीजननजातिहरूको आन्दोलनले आदिवासीको मुक्ति सम्भव छैन भन्नु गलत हो मूल के हो भने राजनीतिक पार्टीहरू केपी ओली, प्रचण्ड वा शेरबहादुरजस्ताबाट सम्भव छैन यो भनेको दलाल पु“जीपतिका लेफ्टीनेन्टहरू तथा नोकरशाहहरूबाट सम्भव छैन । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here