प्रकाण्ड गिरफ्तारी विरुद्ध देशव्यापी कोणसभा सम्पन्न

109

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई मंगलबार बेलुका साढे सात बजे काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप देशव्यापी कोणसभा गरिएको छ । आज शुक्रबार देशव्यापी रुपमा नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी० क्याम्पस जिल्लाका अध्यक्ष उशाकिरण आजदलगायत नेतारुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ले चेतावनी पनि दिएका छन् । साथै, उनीहरुले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्ष अगाडि बढनु भएका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा जनाएका थिए ।

प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो । उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here