नगद लुटपाट गरेको अभियोगमा पक्राउ

137

सिरहा / नगद लुटपाट गरेको अभियोगमा लहान नगरपालिका-३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका-११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here