निगमको लापरवाहीले नेपाली विमान ६ घण्टा दिल्लीमा अलपत्र

244

नेपाल वायुसेवा निगम व्यवस्थापन लापरबाही गरी बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ ।

नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको ६ घण्टासम्म त्यहीँ रोकिएको थियो ।

निगम व्यवस्थापनले बुधबार आफ्नो लापरबाही ढाकछोप गर्न भारतीय इन्जिनियर अनुपस्थित हुँदा उडान अनुमति पत्रमा हस्ताक्षर गर्न नपाइएको र उडान तीन घण्टासम्म रोकिएर सँझ ६ बजे काठमाडौं अवतरण गरेको जनाएको थियो ।

तर, निगमकै एक उच्च अधिकारीले एकथरी जहाज भनेर अर्कै पठाउँदा दिल्लीमा वाइड बडी ६ घण्टा रोकिएको जानकारी दिए । ‘यताबाट सुरुमा १ सय ९० सिट क्षमताको बोइङ ७५७-२०० सिरिजको जहाज दिल्ली पठाउने भनेर उता जानकारी गराइयो’, ती अधिकारीले भने ‘तर, जाने बेलामा बोइङको सट्टा २ सय ७४ सिटे एयरबस ३३०-२०० सिरिजको वाइड बडी गयो ।’ नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here