बङ्गलादेशसँग भिड्दै नेपाली महिला फुटबल टोली

333

काठमाडौं/ भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फुटबल अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा बङ्गलादेशको सामना गर्दैछ ।

खेल साँझ पौन ७ बजे थिम्पुमा हुनेछ । यसअघि शनिबारको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जीत हासिल गरेको थियो । नेपालको तुलनमा बङ्गलादेश निकै बलियो टोली हो । पहिलो संस्करणको विजेता बङ्गलादेशले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानमाथि गोलको वर्षा नै गरेको थियो । साउन २४ मा भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई १४ गोल गरेको थियो । अफगानिस्तान र माल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रीति राईको कप्तानीको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पुजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् ।

मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here