‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत सार्वजनिक

49

काठमाडौं/ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ ।

गीतमा लण्डनको चित्रण गरिएको छ । लण्डनमा खिचिएको गीतको भिडियोमा धिरज फिचर्ड छन् । सुजिल कर्मचार्यको शब्द रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ ।

रेनाशा वान्तवा राई निर्देशित डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लण्डनमा’ का सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here