जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

84

उदयपुर/ जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ बस्ने २६ वर्षीय बिकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियार समेतका ३ जनाले सोमबार सोही नगरपालिका-२ मोथिहायी बस्ने १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स.१ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका-१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको जनाइएको छ ।

फरार रहेका अन्य २ जनाको प्रहरीले खोजतलास गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here