यात्रुवहाक बसमा पेट्रोल बम प्रहार, बसपार्कमै थन्किए अन्य बस

249

भैरहवा/  विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजिवन प्रभावित भएको छ । यात्रुवाहक बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ ।

पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६२१ नम्बरको यात्रुवहाक बसमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बम प्रहार गर्ने समूहको खोजीकार्य गरिरहेको जनाएको छ।

पेट्रोल बम प्रहार गरिएपछि बसमा सवार यात्रु रेशमबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी कुमोद ढुंगेलले जानकारी दिए ।

भैरहवाबाट छुट्ने लामो र छोटो दुरीका बस भैरहवा बसपार्कमै थन्किएका छन् । बन्दका कारण भारतबाट आउने नेपालीहरु सीमानाका बेलहियामा अलपत्र परेका छन् ।

बन्दका कारण सिद्धार्थ राजमार्ग र हुलाकी मार्गमा सवारीसाधनका साधन चलेका छैनन् । मोटरसाइकल र साना सवारीहरु समान्य रुपमा चलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here