बन्दको अनुगमन गर्नेहरुबाट समस्याको समाधान वार्ताबाट खोज्न आग्रह

193

शरद रेग्मी
दाङ / नेत्रबिक्रम चन्द विप्लव,नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको मानव अधिकार तथ शान्ति समाज दाङ शाखाले अनुगमन गरेको छ ।

मगंलबार शान्ति समाज दाङका सभापति शरद रेग्मीको नेतृत्वमा जिल्लाका विभिन्न स्थानहरुमा बन्दको प्रभाब र बन्दका कारण सर्वसाधारणहरुमा पारेको असरका साथै बन्दको प्रकृतिका बारेमा समेत अध्ययन गरिएको छ । अनुगमनमा उपसभापति तुलसिराम सुनार ,कोषाध्यक्ष अमृत शर्मा,सहसचिव उषा गौतम,र सदस्यहरूको सहभागीता रहेको थियोे ।

यता मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले बन्दको बिकल्प खोज्न समेत सम्बन्धित निकायलाई अग्रह गरेको छ । बन्द बाट सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पुगेको भन्दै तत्काल बार्ता र सम्बादबाट राजनीतिक समाधान खोज्न समेत अनुरोध गरेको सभापति रेग्मीले जानकारी दिनुभएको छ ।

यसैबिच शान्ति समाज दाङको आज बसेको बैठकले ११ औ अधिबेशनबाट नबनिर्बा्चित पदाधिकारीको पदस्थापन कार्यक्रम भदौ १ गते शुक्रबार तुलसिपुरमा आयोजना गर्ने निर्णय गरेको छ । साथै बैठकले आन्तरिक ब्यबस्थापनका लागि बिपि चौक स्थित रिपोर्टस क्लब दाङ रहेको भबनमा कार्यालय स्थापना गर्ने समेत निर्णय भएको सचिव निर्मला डिसिले जानकारी दिनुभएको छ ।

बैठकमा निवर्तमान सभापति सुरेश हमाल,सस्थापक सभापति बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,केन्द्रीय योजना बिभाग प्रमुख अधिवक्ता मोहन प्रसाद धिताल ,पुर्वसभापति सुरेश श्रेष्ठ ,सल्लाहकार प्रमोद न्यौपाने,लगायतले नयाँ कार्यसमितिलाई सुझाव सहितको मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here