क्यान्सर,सुगर र हृदयघातबाट बच्न बियरका अनेक फाइदा

208

अमेरिकामा हालै गरिएको एक अध्यनले वियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा, नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।

मादक पदार्थको मात्रा बढी हुँदा स्वास्थ्यमा खरावी हुने कुरा सबैलाई थाहा छ । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । थोरै मात्रामा वियर पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

बियर नियमित पिउँदा शरीरमा पानीको कमी हुने खतरा हुँदैन । ठिक्क मात्रामा वियर पिउँदा स्वास्थ्यका लागि राम्रो हुने नयाँ अध्यनले देखाएको छ । अमेरिकामा हालै गरिएको एक अध्यनले बियर पिउने मानिसलाई मृगौलाको पत्थरी हुने खतरा, नखानेको तुलनामा निक्कै कम हुन्छ भन्ने पत्ता लगाएको छ ।

दिनमा एउटा वियर पिउँदा पानीको मात्रा ह्वात्तै बढ्छ । युनिभर्सिटी अफ लण्डन कलेजमा गत वर्ष गरिएको एक अध्यनले वियर खाँदा मोटो पन बढ्ने भन्ने मान्यता गलत भएको देखाएको छ ।

यस बाहेक बियर पिउदाका अन्य फाईदा :

१. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।

२. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ

३. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।

४. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।

५। मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।

६. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।

७. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।

८. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।

९. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्दछन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्वले क्यान्सरलाई पनि नियन्त्रण गर्ने गर्दछन् ।

११. मृगौलामा पत्थरी हुँदैनः

अमेरिकामा भएको सोध अनुसार बियर पिउँदा पत्थरी हुने खतरा काम हुन्छ । एक सोधका अनुसार ४० प्रतिशत बियर पिउने मानिसहरुमा मृगौला पत्थरी हुने खतरा बियर नपिउनेको तुलनामा निकै कम हुन्छ । यद्यपी, बियरमा पाइने के कुराले यस्तो हुने भन्ने बारे शोधकर्ताले निर्धारण गर्न नसकेको बताइएको छ ।

१२. हड्डी बलियो बनाउँछः

यबियरमा पाइने सिलिकन हड्डीका लागि निकै फाइदाजनक हुन्छ । भिन्न–भिन्न बियरमा यो भिन्न मात्रामा पाइन्छ । लाइट बियरमा सिलिकनको मात्रा कम हुन्मेरिकाको खाद्य विभागले समेत वियरलाई पानीको विकल्पकोरुपमा स्वीकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here