धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न

368

धर्म संस्कृती नेपालको प्राण हो तर देश भने लथालिङ्ग अवस्थामा पुगेको मात्र होइन, कतै पनि शान्ति छैन तसर्थ राष्ट्र कल्याण र भगवान बुद्ध जन्मेको नेपालबाट नै शान्तिको बिगुल फुक्न विश्व शान्तिको लागि पुरानो गुह्येश्वरी मन्दिर प्रांगणमा वयोवृद्ध ८२ वर्षिय गंगा खतिवडाको प्रमुख वाचक रहनु भएको २३ दिवसीय शिव पुराण महायज्ञ एवं सृष्टिकाल देखि कै पितृहरूको उद्धारको कामना गरी आयोजित धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथी बालाजु वाईपास निबासी सहृदयी दाता वरिष्ठ समाजसेवी गौतम प्रजापतिको प्रमुख आतिथ्यमा सदाको लागि स्मरण हुने खालको उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

मुल संकल्पकर्ता जनस्तरबाट गठित नागरिक मूल समारोह समितिका अध्यक्ष उमा श्रेष्ठ “हिमा” ले नेपालको धर्म संस्कृतीको संरक्षक राजसंस्था र विश्वमा चिनिएको एक मात्र हिन्दू अधिराज्य नेपाल पुनः स्थापनार्थ संकल्प सहित शिव पुराण महाज्ञानको आयोजना गरिएको थियो ।

उक्त कथिन धार्मिक अनुष्ठान सु–सम्पन्न गर्न भान्छे आमाहरूको भूमिकामा गंगा सिलवाल, कमला थापा, सीता कँडेल, कमला न्यौपाने, रुपा भट्ट, श्रृजना पौडेल, सानु पुटुवार, रिता महर्जन, अहोरात्र खत्नु भएको थियो भने बिहान बेलुका वैदिक मन्त्रोचारण सहित गणेश पण्डित दिपेन्द्र खतिवडाबाट पुजा विधि प्रारम्भ र पुरानो गुह्येश्वरी मन्दिरका पुजारी कान्छी महर्जनको महत्वपूर्ण योगदान रहेको थियो । पुजामा स्थानिय सुमी पुटुवार, जुनी पुटुवार, सानु पुटुवार लगायतको सक्रियता स्मरणीय रहेको थियो ।

मन्दिर प्रांगण मै रहेको लौरि विनायक गणेश मन्दिर एवं धिमेबाजा खलःका अध्यक्ष श्याम पुटुवारले विशेष गरेर भजनको तालमा विभिन्न भाव, भंङ्गीमा, नृत्य गरेर कार्यक्रमको माहौललाई रमाइलो बनाएको थियो । स्थानिय वरिष्ठ समाजसेवी एवं वहुप्रतिभाशाली व्यक्ति श्याम लाल महर्जन ज्यूले आर्थिक मात्र होइन शिव महापुराण अवधिभर निःशुल्क पाल र मेच उपलब्धका साथै दैनिक भजन गाएर वातावरणलाई मन्त्रमुग्ध पारेको थियो ।

श्रावण २७ गते आइतबार राष्ट्रिय समाज सुधार संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष मञ्जुर वल्र्डको २९औं स्मृति दिवस पनि परेकोले जनप्रीय राजा वीरेन्द्र र मञ्जुर वल्र्ड नेपालमा पूर्ण प्रजातन्त्र स्थापना गर्ने एक अर्काका परिपूरक भएको मात्र होइन सदाको लागि सम्झन लायक राष्ट्रिय व्यक्तित्वहरू एक अर्काका परिपूरक रहेकोले राजा वीरेन्द्र र मञ्जुर वल्र्डलाई प्रमुख वाचक गंगा खतिवडाले पुष्पाञ्जली सहित प्रार्थना गर्दै वहाँहरूको मुक्तीको लागि वेदवाट निसृत मन्त्रोचारण गरि पाठ गर्नु भएको थियो । आफुले २०१७ साल देखि पितृ उद्धारको कार्यमा संलग्न रहँदै आएको जनाउँदै सोह्र श्राद्ध मार्फत पितृहरूलाई खुशी पारेर मात्र दशै तथा तिहार पर्वहरू मानेमा फलिफाप हुनेछ भन्दै नेपालमा धर्म संस्कृतीमा विसंगती र विकृति वढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै व्राम्हण जातीले दुध, पानी जस्ता बेच्ने कुनै पनि कार्यहरू गर्नु हुँदैन ।

ब्राम्हण जाती विग्रियो भने समाज भाडिन्छ भन्दै ४ जात ३६ वर्णका हामी भए तापनि सबै जातीका संयुक्त समाज नै नेपालीहरूको एकता हो । राजा हुनु, जनता हुनु स्वाभाविक कुरा हो तर वहाँहरू सबै हाम्रा पितृ हुन राजा वीरेन्द्र र मञ्जुर वल्र्ड जस्ता अकालमा मृत्युवरण गर्न पुगेका वहाँहरूको आत्माले सद्गती प्राप्त होस् भनी प्रार्थना गर्नु भएको थियो ।

वाचन आचार्य इन्द्रमणी काफ्लेले माता पिता नभएका देवताका पनि देवता आराध्यदेव शिव भगवान नै सृष्टिकर्ता, पालनकर्ता, संहारकर्ता मात्र नभई शिव भगवान नै विश्वकै संरचनकर्ता हो भन्नु भयो, वेद नै विश्वको संविधान हो भन्ने चर्चा गर्दै ज्ञानको भण्डार शिव पुराणको महिमा बारे प्रत्येक दिन भक्तजनहरूमा महाज्ञान छर्नु भएको थियो ।

समारोह समितिका पदाधिकारीहरू नानीश्वरी महर्जन, कपिलमान खड्गी, लता वैद्य, विष्णु सिंह डंगोल, शोभा राणा शाह, शोभा देवी श्रेष्ठ, सुभद्रा तण्डुकार, पूर्वाञ्चल संयोजक पारुहाङ्ग कुथुमी राई, प्रवक्ता अमोघ सिद्धि, सीता मल्ल शाह, युवा संयोजक अग्नी शमशेर, वरिष्ठ सल्लाहकार एवं संस्कृतीवीद महेश्वर जुजु राजोपाध्याय, प्रा.विष्णु राज पाण्डे, प्रा.डा. यादप प्र.ढुंगाना, अम्बर निरौला, नीरा रंजित, सुवर्णमान गोछे, राष्ट्रवादी नागरिक समूहका संस्थापक सल्लाहकार राधेश्याम थापा आदिको सहभागिता रहेको थियो भने सहृदयी दाताहरूबाट आवश्यक सामाग्रीहरू जुताई दिने साथै आर्थिक सहयोग गर्नेहरू, कलश यात्रामा सरिक कुमारी कन्या, धिमेबाजा खलः, विशेष योगदान गर्ने सबैलाई धन्यवाद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सो कार्यक्रम जनस्तरबाट गठित नागरिक मूल समारोह समिति, तार्केश्वर नगरपालिका वडा नं. ४ र पुरानो गुह्येश्वरी मन्दिरको संयुक्त आयोजनामा भएको थियो । तार्केश्वर नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्रदाश श्रेष्ठ, पुरानो गुह्येश्वरी मन्दिर सुधार समितिका सदस्य अभिमन्थ राज बस्नेत, निर्मल नगरकोटी, सुमन महर्जन, श्रीकृष्ण महर्जन, कान्छा पुटुवार, कृष्ण पनेरु आदि युवाहरूको विशेष भूमिका रहेको थियो ।

श्याम पुटुवारबाट नै पशुपति दैनिक शुभ भजन समूह र सहभागी भक्तजनहरूका लागि प्रशादीको व्यवस्था गरिएको सो दिन मण्डप अघि पशुपति दैनिक शुभ भजन समूहका संरक्षक एवं संस्थापक अध्यक्ष तथा वरिष्ठ भजन गायक डा.पुष्प रंजितले १० वटा जति भजन गाएर धार्मिक कार्यक्रमलाई रोमाञ्चीत पार्नु भएको थियो भने भजन किर्तन टोलीका संयोजक कुमार मघैया र भजन गुरु विवेक सिलवाल, कृष्ण लामा, सुवर्ण सुवेदी आदिले भजन गाएर भक्तजनहरूलाई मनोरञ्जन दिलाउनु भएको थियो ।

प्रमुख अतिथी गौतम प्रजापतिले यस्तो पुण्य कार्यमा सहभागी हुन पाउनु खुशीको कुरा हो पण्डित गुरुहरूले महाज्ञान जस्तो पवित्र बाणीहरू सुनाएर हामीलाई सत्मार्ग र सत्कर्म तर्पm दो¥याउनु भएकोमा धन्यवाद दिनु भएको थियो ।

सभाको सभापतित्व ग्रहण गर्नु हुने मूल कर्र्ता उमा श्रेष्ठ “हिमा” ले यो कार्यक्रम ३ करोड नेपालीहरूको तर्फबाट भएको जनाउँदै लाख वत्ती बाली सो कार्यक्रममा हाम्रो उदेश्य प्राप्त गर्नको लागि यस्ता कार्यक्रमहरू अन्यत्र पनि गर्दै जाने जनाउनु भयो ।

राष्ट्रिय समाज सुधार संस्थाका संयोजक तथा जनस्तरबाट गठित नागरिक मूल समारोह समितिका महा सचिव शंकर मघैयाले राज्यबाट देश र जनताले न्याय नपाईरहेको परिप्रेक्षमा न्याय खोज्नको लागि राम शाहको चौतारीमा जाने निर्धारित कार्यक्रमलाई रोकेर शिवको महिमा गाउने महिना भएकोले यो धार्मिक कार्यक्रमको आयोजना गरेको र नेपाल अधिराज्यको संविधान रक्षार्थ रित निवेदकहरू स्व. विश्वराम भक्त माथेमा, सम्भू प्रसाद लामिछाने, रविन चित्रकार आदिको स्मरणमा समेत यो कार्यक्रम मार्पmत जनतामा जागरण पैmलाउन सफल भएको जनाउनु भयो ।

यही सन्दर्भमा नेपाली महर्षी सिद्धबाबा कालीबाबा ज्यूलार्ई आमन्त्रण गराउन दिल्ली रोहतक पुगेका टोलीलाई श्री कृष्णानन्द परमहंस श्री १००८ स्वामी कालीदास बाबा ज्यूले “अब राजतन्त्र फक्र्यो कसैले रोक्न सक्दैन” भन्नु भयो भनी यस स्वतन्त्र संचार ग्रामलाई उक्त टोलीले जानकारी दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here