बैंकहरु अर्बौ नाफामा

97

काठमाडौं/ सर्वसाधारण नागरिकलाई कर भार थोपरेर आतंकित बनाइएको देशमा जनताबाट मनपरी ब्याज असुल्न छुट पाएका बैंकहरु भने अर्बाै नाफामा पुगेको खुलासा भएको छ । हिजोसम्मको विवरण अनुसार २७ बैंकमध्ये २५ बैंकले १ अर्बभन्दा बढी मुनाफा गरेका छन् ।

नबिल बैंकले भने ४ अर्ब ५ करोड मुनाफा गरेको छ । यसरी जनतालाई कर्जामा ब्याज वृद्धि गरेर बैंकहरुले मुनाफा आर्जन गरिरहँदा पनि वाम सरकार मुकदर्शक बनेको छ ।

जनतालाई ब्याजको भार बैंकबाट र राज्यबाट करको भार थोपरेर वाम सरकारले जनतामाथि नाङ्गो खेलवाड गरिरहेको छ । बैंकहरुले मुनाफा आर्जन गरेको विवरण हेर्दा ब्याज बढाउनुपर्ने कुनै कारण देखिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here