नर्भिक इन्टरनेशनल र वाणिज्य बैंकबीच सम्झौता

129

काठमाडौं/ नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच अस्पतालबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा द्इिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका कर्मचारी, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्यजाँचतथा वैंकको डेविट कार्ड होल्डर ग्राहकहरु र तिनका परिवारले विशेष सहुलियत एंव प्राथमिकताका साथ स्वास्थ्यउपचार सेवा प्राप्त गर्ने भएका हुन् । सो सम्बन्धमा नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा बैंक तथा हस्पिटलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

समझदारी अनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दर/रेटमा एम्वुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ । बैंकका कर्मचारी लगायत माथि उल्लेखित सवै सेवाग्राहीहरुले नर्भिकको २५ प्रतिशत छुट सहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने प्याथोलोजी, अत्याधुनिक एम.आर.आई. र सी.टी.स्क्यानसहित अन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रिया शुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शैया शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here