एनआईसी एशिया बैंकको ३ नयाँ शाखा बिस्तार

250

काठमाडौं/ एन आई सी एशिया बैंकले आफ्नो ३ नयाँ शाखा कार्यालयहरु बिस्तार गरेको छ । धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं ७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं ६, धार्के स्थित धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यज्यूबाट र थाक्रे गाउँपालिका वडा नं ६, महादेवबेशी स्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यज्यूबाट आज मिति २०७५ श्रावण ३० गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

एन आई सी एशिया बैंक मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here