शुक्रबार चार सिनेमा प्रदर्शनमा, ‘ब्ल्याक’ को आक्रमक व्यपार

74

काठमाडौं – शुक्रबार चार सिनेमा प्रदर्शनमा आएका छन् । ‘जय शम्भुु’, ‘ब्ल्याक’ ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘जय शम्भुु’, ‘ब्ल्याक’ ‘मिष्टर भर्जिन’ ले राम्रै व्यपार गरेको छ भने चलचित्र ‘बाह्रमासे’ सुस्त गति लिएको छ ।

देशभरका ८० वटा हलमा यो सिनेमा प्रदर्शनमा आएको चलचित्र ब्ल्याकले शनिबार आक्रामक कारोबार गरेको निर्मँता आश्मा पाण्डेले जानकी दिइन् । शुक्रबार औषत कारोबार गरेको शनिबार हाउसफुल भएको छ ।

'ब्ल्याक'को लागि तस्बिर परिणाम

पहिलो पटक सिनेमा ब्ल्याकमार्फत बोल्ड अवतारमा प्रस्तुत भएकी अभिनेत्री आँचल शर्मा यो सिनेमा हेरेर दर्शकले दिएको प्रतिकृयाले निकै नै खुशी छन् । अभिनेता आकाश श्रेष्ठलाई पनि यो सिनेमाको कामले प्रशंसा मिलिरहेको छ ।

प्रदर्शनमा आएको अर्को सिनेमा ‘जय शम्भु’लाई पनि दर्शकको साथ मिलेको छ । शुक्रबार साना पर्दामा रिलिज गरिएको यस सिनेमालाई शनिबार बिहानैदेखि ठूला पर्दामा सारिएको छ । दर्शककै माग र चाहनाका अनुसार सिनेमालाई शनिबार ठूलो पर्दामा सारिएको छ । ‘जय शम्भु’लाई राजधानीका गोपी, गुण, अष्ट, गंगा, कलंकी, बाराहीलगायत हलहरुमा ठूलो स्क्रिन दिइएको हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेकाहुन् । यस सिनेमामाअनुपविक्रमशाही, प्रशान्तताम्रकार र बर्षा शिवाकोटीको मुख्य भूमिकामा छन् ।

सिनेमा मिस्टर भर्जिनलाई पनि दर्शकको औषत साथ मिलेको छ । सिनेमाको सुखद कारोबार र दर्शकको राम्रो प्रतिकृया पाएका कारण सिनेमाका कलाकार र निर्माण पक्ष पनि खुशी देखिएको छ ।

शुक्रबार नै प्रदर्शनमा आएको सिनेमा ‘बाह्रमासे’को कारोबार भने अन्य सिनेमाको तुलनामा सुस्त देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here